काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले सत्ता गठबन्धनलाई कायम राख्न अन्तिमसम्म भगिरथ प्रयास गर्ने निर्णय गरेको छ । आज शुक्रबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो