२० बैशाख २०८३, आइतबार
राजनीति

एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग लिउ जियानचाओको भेटवार्ता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन् । नयाँ बानेश्वरस्थित एक होटलमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्तापछि अध्यक्ष नेपालले सञ्चारकर्मीसँग