कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार बनाउने भएको छ । आज बसेको काँग्रेस संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । संसदीय दलको बैठकअघि कार्यसमितिको बैठक बसेको थियो ।