निर्वाचनमा पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनाउने अध्यक्ष नेपालको घोषणा
काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइने जनाएका छन् । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनबीच लामो सहकार्य हुने र उपनिर्वाचनमा पनि साझा उम्मेदवार बनाइने बताएका हुन्