रवीन्द्र काफ्ले, फिदिम, ५ माघ । धेरै सुनिएको, चिनिएको ठाउँ हो तेह्रथुमको आठराई । आठराई पूर्वी नेपालमा राजनीतिक÷सामाजिक परिवर्तनको ज्योति छर्ने ठाउँ पनि हो । आठराई विकासका गतिविधिले विस्तारै उज्यालिँदै छ । यहाँसम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्ग विस्तार भएको छ ।