२० आश्विन २०८३, मंगलबार
समाचार

विद्युत् विस्तार गर्न ११ हजार रूख कटान

खाँदबारी, २६ माघ । सङ्खुवासभामा निर्माण भइरहेका विभिन्न विद्युत् आयोजनाका कारण ११ हजारभन्दा बढी रूख काटिएका छन् । नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि उक्त सङ्ख्यामा रूख काटिएका हुन् ।