गौशालाका ५५ घरपरिवार मुसहरले पाएनन् लालपूर्जा
गौशाला, ३० फागुन । विश्वासका भरमा बिनाकागजात जग्गा खरिद गरेको वर्षौ बित्दासमेत आफ्ना नाममा लालपूर्जा नपाएपछि महोत्तरी गौशाला नगरपालिकाका दर्जनौँ मुसहर घरपरिवार चिन्तित भएका छन् । गौशाला–१० स्थित मुसहर बस्तीका ५५ घरपरिवार वर्षौँ पहिले बसोबास गर्नका लागि खरिद गरेको जग्गाको