पुर्खाको नासो ‘सिस्नो खोस्ने पर्व’
रामबहादुर थापा, बागलुङ, ३० भदौ । ‘रुनासुङ्गे, पुसापु, घुँयाली…’ गीत गुञ्जिइरहेको छ । एकनास बजिरहेछ, ढ्याङ्ग्रो । बारीको देउता पूज्ने ढुङ्गा छेउ टुक्रुक्क बस्नुभएको छ, ८० वर्षीय गुरुबा जङ्गबहादुर रोका । रनवन पुकार्दै उहाँ गीत भट्याउनुहुन्छ, अरु गला मिलाउँछन् ।