२ जेष्ठ २०८१, बुधबार
समाचार

८ दिनअघि कलङ्कीबाट हराएकी स्नेहा लामिछाने पशुपतिमा भेटिइन्

काठमाडौँ । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने आज पशुपति क्षेत्रमा भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए । उनी हराउनुका कारण पत्ता