१० कार्तिक २०८३, मंगलबार

सुनको मूल्य बढ्योः चाँदीको घट्यो


सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदीको मूल्य रु २५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ । 

 सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य रु तीन हजार ९९५ कायम भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !