१४ बैशाख २०८१, शुक्रबार
मुख्य समाचार

सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका विद्यार्थीहरु प्रक्राउ

काठमाडौँ । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका १६ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारस्थित निषेधित क्षेत्रमा बिरोध प्रदर्शन गरेका कारण उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए