१ मंसिर २०८३, मंगलबार

काभ्रेको ह्वाइट पार्क रिसोर्टमा प्रहरीको छापा, ३६ चिनियाँ पक्राउ


काभ्रेको ह्वाइट पार्क रिसोर्ट

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ । रिसोर्टबाट प्रहरीले केही थान ल्यापटप र मोबाइलसहित ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।

चिनियाँ नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले छापा हानेको थियो ।

पाँचखालसँगै धुलिखेलको देवीथानस्थित गन्तव्य रिसोर्ट, पनौतीको थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टमा समेत चिनियाँ नागरिकहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएको खुलेको प्रहरीले बताएको हो ।

३६ मध्ये ३१ पुरुष र पाँच महिला चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको विष्टले जानकारी दिए । ठूलो संख्यामा चिनियाँ नागरिक एकै स्थानमा बसेर सञ्चालन गरिरहेका गतिविधि र उनीहरूको बसाइँको उद्देश्यबारे चासो बढेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !