मध्यपुरथिमि । खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४ चाँगुनारायणस्थित एक घरमा आगलागी भएको छ । आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद रु. ३५ हजार सहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ