, घटना

घटना

  • पक्राउ

    सर्लाहीको जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ

    सर्लाही, २२ वैशाख । सर्लाहीको जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ परेका छन । वाग्मती नगरपालिका–१० शङ्करपुरको जङ्गलबाट वन्यजन्तु मार्न पासो थाप्दै गरेका उनीहरू पक्राउ परेका हुन् हो । पक्राउ पर्नेमा वाग्मती नगरपालिका–४ का चन्द्रबहादुर ब्लोन, नगरपालिका–२ का सन्देश मोक्तान र त्यही वडाका भीमबहादुर डिमडुम रहेका छन् । आइतबार दिउँसो जङ्गली वन्यजन्तु मार्न पासो […]

  • Arrested accused

    लकडाउनमा लुकेर सीमा पार गर्दै गर्दा ११ भारतीय मुस्लिम पक्राउ

    जलेश्वर, २२ वैशाख । महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम रायले बताउनुभयो । हातहातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा […]

  • River Bepatta

    क्वारेन्टाइनमा बस्न नपाउँदै नदीमा बेपत्ता

    मुगु, २२ वैशाख । क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका–१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार नजिकै रहेको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ । कामको सिलसिलामा भारत गएका उनीसहित ४८ जनाको टोली दार्चुला नाका हुँदै नेपाल आएको […]

  • मृत्यु

    समाजसेवी बरालको निधन

    पोखरा, २१ वैशाख । नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित शान्ति पत्रकारिता पुरस्कारका संस्थापक पोखरा महानगरपालिका–११ तुलसी मार्ग निवासी समाजसेवी पूर्णप्रसाद बरालको ९२ वर्षको उमेरमा आज निधन भएको छ । केही समयदेखि मुटुको समस्याबाट प्रभावित समाजसेवी बरालको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उहाँका तीन छोरा र सात छोरी हुनुहन्छ । स्व बरालको पार्थिव शरीर […]

  • करेन्ट

    झापामा करेन्ट लागेर १ जनाको मृत्यु

    झापा, बैशाख २१ । झापाको बुद्धशान्ति गाउँपालिका-१ का ४२ बर्षीय पदमलाल गड्तौलाको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार बेलुका साँढे ७ बजेको समयमा आफ्नै घरमा रहेको फ्रिजको तार सर्ट भई अचानक करेन्ट लाग्दा घाईते भएका गड्तौलालाई उपचारको लागी झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ । घटनास्थलमा […]

  • मृत्यु

    तमोर नदीले बगाएर बेपत्ता भएका १ जना मृत फेला

    ताप्लेजुङ, बैशाख २१ । बैशाख १० गते तमोर नदीमा माछा मार्न गएका आठराई त्रिवेणी गाउँपालिका-२ का १७ बर्षीय मनोज काम्बाङ हराएको १० दिन पछी मृत फेला परेका छन् । नदीमा माछा मार्न गएका काम्बाङ हराएर बेपत्ता भएसंगै खोजतलास गरिरहेको प्रहरी र स्थानियवासीको टोलीले शनिवार बेलुका साँढे ६ बजे तेह्रथुमको आठराई गाउँपालिका-२ को ईवा र आठराई […]

  • मृत्यु

    झापामा खोलामा डुबेर १ जनाको मृत्यु

    झापा, बैशाख २१ । झापाको अर्जुनधारा नगरपालिका-१ का ६५ बर्षीय दुर्गा खपाङगी मगर सानोमेचे खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । शनिवार बिहान ९ बजेको समयमा खपाङगी मगर खोलामा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले […]

  • कोरोना भाइरस

    विश्वभर कोरोना भाइरसबाट ७३ नेपालीको मृत्यु, ५००० जना संक्रमित

    काठमाडौँ, २१ वैशाख । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा […]

  • मृत्यु

    छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

    धनगढी, २१ वैशाख । कैलाली जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले मृतकको शव घटनास्थल नजिकै सोही नदीमा फेला पारेको छ । यसैगरी धनगढी उपमहानगरपालिका–१४ को […]

  • पक्राउ

    जबर्जस्ती करणी प्रयासको आरोपमा श्रीमान् र जेठाजु पक्राउ

    कैलाली, २० वैशाख । गौरीगङ्गा नगरपालिकाकी एक १६ वर्षीय युवतीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीया जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीबाट श्रीमान्समेतले आफूलाई जेठाजुबाट जबर्जस्ती करणी गराउन खोजेको हुँदा कारवाही गरी पाउ भनी जाहेरी आएकामा श्रीमान् र जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक […]

  • अन्नपूर्णको हिमपहिरोमा बेपत्ता सबै ७ जनाको शव भेटियो

    अन्नपूर्णको हिमपहिरोमा बेपत्ता सबै ७ जनाको शव भेटियो

    २० वैशाख, काठमाडौं । अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा गएको माघ ३ गते हिमपहिरोमा परी हराएका सबै ७ जनाको शव भेटिएको छ । हिम पहिरोमा हराएका ४ जना कोरियन र ३ जना नेपालीमध्ये थप २ जनाको शव शुक्रबार भेटिएको खोजीमा खटिएको नेपाली सेनाको टोलीले जनाएको छ । १ जना नेपाली गाइड र १ जना कोरियन पर्यटकको […]

  • भङ्गाहा नगरपालिका

    महोत्तरीका दुई बस्तीमा शोक र त्रास बढ्दै

    महोत्तरी, २० वैशाख । आफ्नो बस्तीमा दिनहुँ अज्ञात ब्यथाबाट भटाभट मृतक बढ्दै गएपछि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–७ मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका–१२ को मेघरोलमा त्रास र शोक छाएको छ । एउटै बस्ती देखिने दुवै नगरपालिकाका यी बस्तीमा दिनहुँ मृतक थपिदै गएपछि त्रास र शोकले घर जमाएको हो । गत मङ्गलबारयता शुक्रबारसम्म त्यहाँ आठ जनाको अज्ञात […]

  • आगलागी

    विस्फोटक पदार्थ पहिचान र नष्ट गर्न आग्रह

    काठमाडौँ, २० वैशाख । बाल हिंसाविरुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूह (एनएसिजी) नेपालले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे बम खेलाउने क्रमा चार बालबालिकाको मृत्यु भएकामा चिन्ता व्यक्त गरेको छ । बम डिस्पोजल नभएकाले सो क्षेत्र अझै असुरक्षित रहेको जनाउँदै समूहले सरकारलाई बारुदी सुरुङ र विस्फोटक पदार्थ रहेका स्थान पहिचान तथा नष्ट गरी सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह […]

  • फुङलिङमा आगलागी

    ताप्लेजुङ सदरमुकाम फुङलिङमा आगलागी, ७ घर जली नष्ट

    ताप्लेजुङ, बैशाख २। ताप्लेजुङ फुङलिङ नगरपालिका-५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका सात वटा घर र पाँच वटा घुम्तीमा आगलागी भएको छ । हिजो राती साँढे १० बजे ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमै रहेको भट्टराई होटल एण्ड लजबाट के-कसरी अचानक आगलागी हुदा सो आगो फैलन गई वरपर रहेका सात घर र पाँच वटा घुम्तीमा आगलागी भएको हो […]

  • मृत्यु

    मार्च १ पछि कोरोना भाइरस सङ्क्रमणका कारण दर्जनौँ पत्रकारको मृत्यु

    जेनेभा, वैशाख १९ । गत दुई महिनामा कोरोनाभाइरस (कोभिड–१९) बाट दर्जनौं पत्रकारको मृत्यु भएको एक प्रेस स्वतन्त्रताका लागि सक्रिय संगठनले शुक्रवार बताएको छ । सञ्चारकर्र्मीहरूलाई प्रायः महामारीको समाचार सङ्कलनका लागि जाँदा उचित संरक्षणको अभाव रहेको उक्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जानकारी गराएको छ । आगामी आइतबार परेको विश्व प्रेस स्वतन्त्रता दिवसको अगाडि प्रेस अभियान (पीईसी) ले […]

  • मृत्यु

    शसस्त्र समूहबीचको भिडन्तका क्रममा ५० भन्दा बढीको मृत्यु

    बाङ्गुली, १९ वैशाख । दुई ओटा शसस्त्र समूहका बीचमा भएको भिडन्तका क्रममा मध्य अफ्रिकामा ५० भन्दा बढीको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने एनडेल भन्ने ठाउँमा बुधबार भिडन्त भएको स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार जनाएका छन् । दुई पक्षीय भिडन्त एनडेलको मध्य बजारमै भएको थियो । भिडन्तपछि घटनास्थलमा ५३ शव भेटिएको अधिकारीहरुले जानकारी दिएका […]

  • लकडाउन उल्लघंन

    काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने १५१९ जना नियन्त्रणमा

    काठमाण्डौ, १९ बैशाख । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय २० महिला सहित १५ सय १९ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि साझ ०५:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसैगरी ५ सय १२ वटा दुई पाङ्ग्रे र ३८ वटा चारपाङग्रे गरी ५ सय ५० वटा सवारी साधनलाई […]

  • शव परीक्षण अनुमति पायो धुलिखेल अस्पतालले

    अन्नपूर्णको हिमपहिरोमा हराएका थप २ सहित ७ जनाको शव फेला

    कास्की, १९ वैशाख । अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिङ्कुकेभ वरिपरिको हिमपहिरोमा परी बेपत्ता थप दुई जनाको शव आज बिहान फेला परेको छ । यससँगै सो पहिरोमा परेर हराएका तीन नेपाली पर्यटक पथप्रदर्शक तथा चार कोरियन पर्यटक गरी सात जनाकै शव फेला परेको हो । आज नेपाली […]

  • मृत्यु

    चट्याङ लागेर १ जनाको मृत्यु

    सिन्धुली, १९ वैशाख । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वडा नं २ श्रीपुर बस्ने ३० वर्षीय पुरुषोत्तम राईको मृत्यु भएको हो । आफ्नै पानीघट्टमा बुबालाई खाना पुर्याएर फर्केने क्रममा पानीसँगै परेको चट्याङको तरङ्ग लागि घाइते भइ उपचारका लागि स्थानीय पोलिक्लिनिक झनझने लगिएकामा चिकित्सकले मृत […]

  • guns

    कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार

    कपिलवस्तु, १९ वैशाख । कपिलवस्तु जिल्लामा यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भएपनि सकुशल रहनुभएको छ । करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुत्नुभएका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले […]