, घटना

घटना

  • हिरासत

    बलात्कार कसुरमा नौ वर्ष जेलसजाय

    गाईघाट, २३ फागुन । शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ । बिहीबार जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताउनुभयो । स्रेस्तेदार आचार्यका अनुसार तामाङले […]

  • निधन

    मकवानपुरगढी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

    हेटौँडा, २२ फागुन । मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा बुधबार साँझ भएको जन्ती बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र एक जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा मकवानपुरगढी–७ का […]

  • accidenttt

    बस र ट्रक एकापसमा ठक्कर खाँदा नौ जना घाइते

    चितवन, २२ फागुन । पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक एकापसमा ठक्कर खाँदा नौ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान २ बजे वीरगञ्जबाट काठमाडौँ जान आउँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ६१७६ नम्बरको ट्रक खैरहनी नगरपालिका–९ नमूना पेट्रोलपम्प अगाडि […]

  • मृत्यु

    टाटा पिकअपको ठक्करबाट एक जनाको मृत्यु , एक घाइते

    जलेश्वर, २२ फागुन । बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । बा ४४ प ६२२४ नम्बरको मोटरसाइकललाई सो स्थानमा […]

  • स्काभेटर

    अज्ञात समूहद्वारा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी

    कपिलवस्तु २२ फागुन । कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन् । हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको ती सामग्रीमा गए राति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ । आगो किन र कस्ले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेका र घटनास्थलमा इलाका प्रहरी […]

  • दुर्घटना

    जीप दुर्घटना : एक जनाको मृत्यु सात गम्भीर घाइते

    गोरखा २२, फागुन । गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दिनुभएको जानकारी अनुसार ग १ ज ५५०५ नम्बरको सो जीप बुधबार साँझ करिब ७ः३० बजे सडकबाट झण्डै ३०० मिटर तल खस्दा […]

  • उजुरी

    बैंकिङ कसुरका मुद्दाहरु बढ्दो

    चितवन, २१ फागुन । मुलुकी अपराधसंहिता लागू भएसँगै जिल्लामा चेक अनादार तथा बैंकिङ कसुरका घटना बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तीनवर्षीय तथ्याङ्क हेर्ने हो भने यो मुद्दा दर्ता हुने क्रम बढ्दो सङ्ख्यामा छ । प्रहरीको तथ्याङ्कअनुसार चालू आव २०७६/७७ को माघसम्म बैंकिङ कसुर शीर्षकमा ६३ वटा मुद्दा दर्ता भएका छन् । आव २०७५/७६ […]

  • मृत्यु

    बैतडीमा बस दुर्घटनामा पाँच घाइते

    बैतडी, २१ फागुन । महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा आज बिहान बस दुर्घटना हुँदा पाँच घाइते भएका छन् । घाइते हुनेमा बैतडी सुर्नयाका २२ वर्षीया विनिता कुँवर (टेर), दार्चुला ब्यासका ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोविन्दी कवुर, दार्चुला दुहुका ३० वर्षीय ललित बोहरा र २४ वर्षीय महेश बडाल छन् । घाइतेको बैतडी र […]

  • दुर्घटना

    बैतडीमा बस दुर्घटनामा ५ जना घाइते

    बैतडी, २१ फागुन । महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा आज बिहान बस दुर्घटना हुँदा पाँच घाइते भएका छन् । घाइते हुनेमा बैतडी सुर्नयाका २२ वर्षीया विनिता कुँवर (टेर), दार्चुला ब्यासका ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोविन्दी कँुवर, दार्चुला दुहुका ३० वर्षीय ललित बोहरा र २४ वर्षीय महेश बडाल छन् । घाइतेको बैतडी […]

  • रामेछापबाट आएको बस काभ्रेको चौरी देउरालीमा दुर्घटना

    काभ्रेको चौरी देउरालीमा बस दुर्घटनामा ४४ जना घाइते, ६ जनाको अवस्था गम्भीर (अपडेट)

    २१ फागुन, काठमाडौं । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका-५ ढाँटखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नंको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताउनुभयो । घाइतेमध्ये ६ जनाको […]

  • मृत फेला

    पूर्वसभासद् घिमिरेको दुर्घटनामा मृत्यु

    भद्रपुर, २० फागुन । तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिनुभएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो । झापाको मेचीनगर–१३ […]

  • भुजेलको हत्या आरोपी

    भुजेलको हत्या आरोपीलाई थुनामा राख्न आदेश

    हेटौँडा, १९ फागुन । जिल्ला अदालत मकवानपुरले हेटौँडाका तेस्रोलिङ्गी अजिता भुजेलको हत्या गरेको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उक्त अदालतले अजिताको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका हेटौँडा-४ बस्ने २४ वर्षीय आशिष बल, हेटौँडा-१४ बस्ने २१ वर्षीय हम्चर भन्ने बुद्ध लामा, हेटौँडा-९ बस्ने १८ वर्षीय भापु भन्ने सिमोन परियार […]

  • प्रचण्डमाथि जुत्ता प्रहार

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि जुत्ता प्रहार

    १८ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको प्रथम स्मृतिमा आयोजित सभामा जुत्ता प्रहार भएतापनि उनलाई लागेन । भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोगना गरेको नेकपा नेता भरतमोहन अधिकारीको स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई […]

  • गोली

    गोली हानी हत्या प्रयास

    जलेश्वर, १८ फागुन । महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले आज विहान गोली हान्दा गम्भीर घाइते हुनुभएको छ । उहाँको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । विहान घर बाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको […]

  • मृत्यु

    नेकपा (माले) का महासचिव मैनाली सडक दुर्घटनामा

    महोत्तरी, १५ फागुन । नेकपा (माले) का महासचिव चन्द्रप्रकाश मैनाली आज अपराह्न सडक दुर्घटनामा परी घाइते हुनुभएको छ । गृह जिल्ला झापाबाट काठमाडौँ जाँदै गर्नुभएका नेता मैनाली बिपी राजमार्गमा पर्ने महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा सडक दुर्घटनामा परी परिवारका अन्य सदस्यसहित घाइते हुनुभएको हो । नेता मैनाली चढ्नुभएको बा ७ च २१२० नम्बरको कार विपरीत दिशाबाट […]

  • जीप खस्यो

    कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु

    दैलेख, १३ फागुन । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा आज बिहान जीप खसेको छ । रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु१ज ४१४१ नंको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिनुभएको छ । जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको […]

  • Arrested accused

    सरकारी कागजात कीत्र्ते गर्ने ४ जना पक्राउ

    काठमाडौँ, १२ फागुन । नेपाल प्रहरीले सरकारी कागजात कीत्र्ते गर्ने चारजनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात कीत्र्ते गर्ने बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल र ललितपुरका ४० वर्षीय शिरबाबु महर्जनलाई आइतबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका रमेश, प्रकाश र जनकले […]

  • मृत्यु

    मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु

    भक्तपुर, १२ फागुन । भक्तपुर नगरपालिका-९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ३ क ३५८८ नंको मिनी ट्रकले ठक्कर दिँदा एक पैदल यात्री बालकको मृत्यु भएको छ । ठक्करबाट भक्तपुर-१० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिनुभयो । मिनी ट्रकको ठक्करबाट घाइते भएका मकाजूको जनस्वास्थ्य सेवा […]

  • करेन्ट

    करेन्ट लागेर एकको मृत्यु, एक घाइते

    जनकपुरधाम, ११ फागुन । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ । सोही घटनामा अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका– ४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेका र बाह्रबिसे नगरपालिका– १ घोर्थलीका पप्पु गुरुङ घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । […]

  • आगलागी

    कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति

    कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हँुदा रु १० लाख बढीको क्षति भएको छ । स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आउनुभएको सो फार्ममा शनिबार विद्युत् चुहिएर आगलागी हुँदा बेच्न तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हो । कमाइ खाने सहारा फार्म थियो […]