२५ श्रावण २०८३, सोमबार
घटना

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका-२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।