, घटना

घटना

  • निधन

    सर्पको डसाइबाट महिलाको मृत्यु

    २५ जेठ, पर्सा । सर्पको डसाइबाट पर्सा जिल्लामा बिहीबार एक महिलाको मृत्यु भएको छ । पर्साको पटेर्वासुगौली गाँउपालिका–४ निवासी ५० वर्षीया कलपति देवीको मृत्यु भएको हो । कलपति देवीको उपचारको क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । घर नजिकै काम विशेषले गएकी कलपति देवीलाई विषालु सर्पले डसेको थियो । सर्पदंशले बिरामी भएकी कलपति […]

  • fire

    ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने ९९ पुगे

    २४ जेठ, आलोटेनाङ्गो । ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बिहीबार बिहानसम्म ९९ पुगेको समाचार छ । बुधबार राति थप व्यक्तिहरुको शव प्राप्त भएपछि उक्त प्राकृतिक प्रकोपमा परी ज्यान जानेको सङ्ख्या ९९ पुगेको बिहीबार जानकारी दिइएको छ । यस प्रकोपको कारण अझै पनि करिब १९८ व्यक्ति वेपत्ता रहेका ग्वाटेमालाको प्रकोप व्यवस्थापन निकायले […]

  • durghatana

    जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन

    २४ जेठ, बझाङ । बुधबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । उक्त दुर्घटनामा छविसपाथीभरा गााउँपालिका–४ डाँडागाउँका ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र उहाँकी श्रीमती ३८ वर्षीया जलादेवीको घटनास्थलमा नै मृत्यु भएको थियो । उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा जिप चालक केदारस्युँ गाउँपालिका–१ का ३५ वर्षीय लालबहादुर भण्डारीको गए राति मृत्यु […]

  • पक्राउ

    श्रीमतीको हत्या आरोपमा जन्मकैद

    २४ जेठ, राजविराज । सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपित यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले बुधबार जनाएको छ । ४० वर्षीया पत्नी ललितादेवी यादवको हत्या गरेको आरोपमा उनलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतबाट […]

  • निधन

    जाजरकोटमा लडेर मृत्यु हुनेको संख्या धेरै

    २४ जेठ, जाजरकोट । अठ्यारो बाटो, भिरालो जमिन भएकै कारण यहाँका स्थानीयवासी असुरक्षित रुपमा यात्रा गर्न बाध्य भएका छन् । एक वर्षमा मात्र जाजरकोटमा विभिन्न ठाउँमा लडेर ३० जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । प्रहरीको पहुँचमा रहेको ठाउँमा मात्र सार्वजनिक भएको घटनालाई लिने हो भने पनि वर्षमा यति ठूलो मात्रामा मानिसको मृत्यु भएको […]

  • निधन

    सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

    २४ जेठ, विराटनगर । मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । उहाँ शौचका लागि घरबाट बाहिर निस्केपछि सर्पले डसेको थियो । गम्भीर अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु भएको […]

  • पक्राउ

    चौविस लाखको सुन चाँदीसहित युवक पक्राउ

    २४ जेठ, गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका हुँदै भारततर्फ तस्करी गर्न लागेको रु २४ लाखको सुनचाँदीसहित सशस्त्र प्रहरीले गएराति एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ४ विश्वकर्मा चोक बस्ने २४ वर्षीय दीपेन्द्र ठाकुर रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, जलसागर, महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक मुरारी बस्नेतले बताउनुभयो […]

  • पैसा

    एक करोड ९६ लाख राजश्व संकलन

    २३ जेठ, दाङ । जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी गर्नेलाई कारबाही गरेर रु २८ लाख ५० हजार राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा अवैध उत्खनन् तथा निकासीमा प्रयोग गरिएका ३९९ वटा सवारी साधनलाई कारबाही गरेर सो राजश्व संकलन गरिएको जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीले जानकारी दिनुभयो । […]

  • Bird Flu

    कोशी गापामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

    २३ जेठ , इनरुवा । सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिनुभयो । यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद गरेका थिए । यहाँ ४०० […]

  • fire

    ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुगे

    २२ जेठ, ग्वाटेमाला सिटी । ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको छ । राजधानी शहरनजिकै अवस्थित स्थानमा एक शताव्दियताकै शक्तिशाली विस्फोट भएको पुष्टि गरिएको छ । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका थिए । फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेका […]

  • पक्राउ

    चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ

    २२ जेठ, नुवाकोट । सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ । नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत रु २५ लाखको चिठ्ठा परेको भन्दै त्यो रकम प्राप्त गर्न राजश्व शुल्क चाहिनेलगायतका बहानामा ती महिलालाई ठगी […]

  • fire

    ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ को मृत्यु

    २१ जेठ, ग्वाटेमाला । सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका छन् । त्यसमा परी अरु करिब २०० जना घाइते भएका छन् । […]

  • death

    डुङ्गा डुब्दा ४८ आप्रवासीकोे मृत्यु

    २१ जेठ, ट्यूनिस । ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेर भएको दुर्घटनामा परी कम्तीमा पनि ४८ जनाको ज्यान गएको समाचार छ । ती आप्रवासीको डुङ्गा आइतबार नै मध्यान्ह्मा डुबेको हो । आइतबारसम्म ३५ जनाको शव भेटिएकोमा त्यो संख्या बढेर सोमबार ४८ पुगेको ट्यूनिसियाली रक्षा मन्त्रालयले जानकारी गराएको छ । यसअघि गृह मन्त्रालयले […]

  • पक्राउ

    भरियालाई आठ करोड जरिवानासहित साढे १० वर्ष जेल

    २१ जेठ, लमजुङ । अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई रु आठ करोड जरिवानासहित १० वर्ष छ महिना जेल सजायको फैसला भएको छ । ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय फैसाला भएको हो । जिल्ला अदालत लमजुङका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध […]

  • पक्राउ

    भरियालाई आठ करोड जरिवानासहित १० वर्ष कैद

    २१ जेठ, लमजुङ । अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका एक युवकलाई रु आठ करोड १६ लाख १४ हजार ९६० जरिवानासहित १० वर्ष छ महिना जेल सजाय भएको छ । लमजुङ जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय […]

  • crimes

    बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ

    २१ जेठ, इटहरी । सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कु्टपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । मन्दिरका पुजारीले छोरीलाई देवी देउता लागेका भन्दै स्थानीय मन्दिरमा पूजा गर्न भनेबमोजिम […]

  • पक्राउ

    अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गर्ने दुई युवा पक्राउ

    २१ जेठ, पर्वत । अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पर्वतको कुस्मा बजारस्थित माझमेलाको जंगलमा लगेर युवतीलाई जबर्जस्ती गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको हो भने पर्वतको जलजला गाउँपालिकामा एक अपांग बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने युवा पनि पक्राउ परेका हुन् । म्याग्दी जिल्लाको साविक मल्कावाङ […]

  • पक्राउ

    युवतीलाई भारततर्फ लैजाने तीन जना पक्राउ

    २१ जेठ, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीयसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । युवतीलाई विभिन्न लालच तथा प्रभोलनमा पारी भारतको खटिमातर्फ लैजाने क्रममा भारतको उधमसिंहनगर खटिमा–६ बस्ने ४७ वर्षीय महेन्द्र पाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो […]

  • आगलागी

    आगलागीवाट तीन लाखको क्षति

    २० जेठ, विराटनगर । मोरङको बेलबारी–८ को बुधबारेमा शनिबार साँझ आगलागी हुँदा एक परिवारको रु तीन लाख मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ । सो आगलागीबाट कुमार थापाको काठ र टिनले बनेको दुईतले घर, घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र भाँडावर्तन जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ […]

  • child-death

    कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

    १९ जेठ, पाल्पा । कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव आज बिहान फेला परेको छ । रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाट नजिकै बिहान करीब ८ः३० बजेतिर उनको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बताउनुभयो । नदीले बगाएर ल्याइरहेको अवस्थामा उनको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई […]