, घटना

घटना

  • crimes

    रु ४५ लाख नगद सहित गाडीचालक पक्राउ

    २२ फागुन, विराटनगर । भारतीयवाट नेपालतर्फ आउँदै गरेका एक भारतीयलाई रु ४५ लाख नेपाली रकम र गाडीसहित प्रहरीले पक्राउ गरेको छ । उनलाई रानी भन्सारको मुख्य गेट नेपालतर्फवाट विहान १० बजे प्रहरीले भारत अररिया फारबीसगञ्चका ४५ वर्षीय नारायण साहलाई पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा भारत अररिया जिल्ला फारबीसगञ्ज–१ बस्ने […]

  • gadi-hatya-585x500

    लेनदेन विवादका कारण सनमकाे अपहरणपछि हत्या

    २० फागुन, काठमाण्डाै । मोरङ उर्लाबारीका सनम शाक्यको अपहरणपछि हत्या गरिएको रहस्य खुलेको छ । प्रहरीले घटनामा संलग्न अभियुक्त पक्राउ गरेपछि उक्त तथ्य सार्वजनिक भएको हो । शाक्यलाई सुन तस्करीको विषयमा लेनदेन नमिलेपछि सिरहाको अज्ञात स्थलमा लगेर कुटपिटपछि बन्धक बनाएर हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । महाशाखाले घटना अनुसन्धानको लागि डीएसपी प्रजित […]

  • crime

    आफ्नै श्रीमतीले गरिन श्रीमानको हत्या

    १८ फागुन, खजुरा । दिनहुँ मादकपदार्थ सेवन गरी कुटपिट गर्ने श्रीमानलाई सर्वतमा सेल्फास नामक विष खुवाएर श्रीमतीले हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवागाउँपालिका–४, गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई विष खुवाउँदा उनको मृत्यु भएको हो । प्रहरीले घटनामा प्रत्यक्ष संलग्न रहेकी श्रीमती पतंगी र आफन्त भारत जिल्ला बहराइचका […]

  • crimes

    धारिलो हतियार प्रहार गरी युवकको हत्या

    ८ फागुन, काठमाण्डौ । काठमाण्डौ चुच्चेपाटीमा धारिलो हतियार प्रहार गरी स्थानीय २५ वर्षीय छिरिङ शेर्पाको हत्या भएको छ । हत्यामा संलग्न सोही ठाउँ बस्ने १८ वर्षीय विवेक तामाङलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । सामान्य विवादमा विवेकले गएराति पौने ९ बजेतिर छिरिङलाई छातिमा हतियार प्रहार गरेका थिए । गम्भीर घाइते छिरिङको उपचारको क्रममा मेडिकेयर अस्पतालमा […]

  • hatir-Banduk

    हतियार सहित बाबु छोरा पक्राउ

    १८ फागुन, जाजरकोट । जुनिचाँदे गाउँपालिका-११ कोर्ताङ स्थित चन्द्रबहादुर शाहीको घरवाट बन्दुक, गोलीलगायतका हतियारहरु प्रहरीले बरामद गरेको छ । बाह्रबोर बन्दुक २ थान, भरुवा बन्दुक ३ थान, दुई नाले बन्दुक १ थान, इयर गन १ थान, भरुवा बन्दुकमा प्रयोग हुने सिसाको गोली, बाह्रबोर बन्दुकमा प्रयोग हुने ७ थान खोका लगायतका हातहतियार बरामद भएको प्रमुख जिल्ला […]

  • crimes

    नासु ३२ हजार घुससहित पक्राउ

    १६ फागुन, काठमाण्डौ । यातायात व्यवस्था कार्यालयका नायब सुब्बा लेखनाथ भुषाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को दर्ता शाखामा कार्यरत उनले लाइसेन्स बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहानामा रकम मागेको आयोगले जनाएको छ । नयाँ बानेश्वरस्थित बीआईसीसीको पश्चिम गेटतर्फको छक्कु बक्कु पार्कवाट लियन्त्रणमा […]

  • dublecat money

    २१ हजार रुपैयाँको बराबरको नक्कली नोटसहित ५ जना पक्राउ

    १५ फागुन, काठमाण्डौ । काठमाण्डौको विभिन्न स्थानवाट २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गरी रहेका ३० वर्षीय मनोज केसी, ललितपुर–१४, ताल्सीखेलका २३ वर्षीय आशिष माझी, नेमा तामाङ, धनुषा घर भइ ललितपुरको नख्खिपोट बस्दै आएका २५ वर्षीय धिरजबहादुर […]

  • निधन

    प्रेमीसँगै सुन्धारा पुगेकी सर्मिला राउत मृत भेटिइन्

    १२ फागुन, काठमाण्डौ । सुन्धारास्थित होटलमा शनिबार बिहान एक युवती मृत भेटिएकी छन् । उदयपुरको कटारी–९ घर भइ हाल हात्तिवन बस्दै आएकी २४ वर्षीय सर्मिला राउत सुन्धारास्थित निकुद गेष्ट हाउसको १०४ नम्बर कोठामा मृत भेटिएकी हुन् । उनी सिन्धुलीको दुधौली नगरपालिका–३ का २३ वर्षीय विशाल खड्कासँगै होटलमा पुगेकी थिइन् । खड्का र राउत करिब डेढ […]

  • bomb

    बम विस्फोटवाट एक घाइते

    १० फागुन, लाहान । लहानको मुख्य चोक(सहिद चोक) मा रहेको शुभ लाभ जेनेरल स्टोरमा बिहीबार दिउँसै प्रेसरकुकर बम विस्फोट भएको छ । विस्फोट हुदाँ स्टोरका प्रबन्धक अनिल अग्रवाल घाइते भएका छन् । बम विस्फोटवाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । विस्फोटन हुदाँ किराना पसलको सामान समेत क्षति भएको छ । […]

  • manoj pun

    गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरी ‘इन्काउन्टर’ मा मारिए

    ९ फागुन, बुटवल । विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् । बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका-४ भवानीपुरमा प्रहरी कारबाहीमा पुन र आले दुवैजना मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार […]

  • Supreme Court of nepal

    पराजुलीविरुद्ध नारावाजी गर्ने १३ जना पक्राउ

    ८ फागुन, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ अगाडि प्रधानन्यायाधिश गोपाल पराजुलीविरुद्ध नारावाजी गर्ने १३ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु डा. गोविन्द केसीको समर्थक भएको बताइएको छ । केसीले प्रधानन्यायाधिको नागरिकता कीर्ते रहेको भन्दै छानबिनको माग गरेका थिए । महानगरीय प्रहरी वृत, सिंहदरबारका डिएसपी अपिल बोहोराले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे ।

  • crimes

    बलात्कार गरेको आरोपमा गुरुङ पक्राउ

    ६ फागुन, काठमाण्डौ । १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत, बानेश्वरका प्रमुख डिएसपी रवि पौडेलका अनुसार पक्राउ पर्नेमा उदयपुरको कटारी घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय दिनेश गुरुङ छन् । उनका अनुसार गुरुङले २७ माघमा कागेश्वरीको मनहरा–८, काँडाघारीमा बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो […]

  • crimes

    ३१ तोला चाँदीसहित भारतीय नागरिक पक्राउ

    २ फागुन, महोत्तरी । ३१.४ तोला चाँदीसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ज ६ प ४२१४ नम्बरको सुजुकी मोटरसाइकलमा चढेर भारतवाट नेपाल आउँदै गरेका भारतको सितामढी बस्ने २१ वर्षका अजयकुमार साह, २२ वर्षका विक्कीकुमार साह र २८ वर्षका राजु साहलाई सम्सीको सशस्त्र प्रहरी चेकपोस्टमा कार्यरत सशस्त्र प्रहरीले चेकजाँच गर्दा चाँदी र नगदसहित […]

  • lariii

    लागूऔषध सम्बन्धी मुद्दामा एभरेस्ट होटलका सञ्चालक लारी जेल चलान

    १ फागुन, काठमाण्डौ । लागूऔषध सम्बन्धी मुद्दामा २१ वर्षपछि गत माघ २५ गते पक्राउ परेका एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पुर्पक्षकालागि जेलचलान गरिएका छन् । लारीलाई जिल्ला अदालत काठमाडौंले सोमबार गरेको आदेश अनुसार जेलचलान गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले बताए ।

  • laagu

    अबैध लागुऔषध गाजासहित यादव पक्राउ

    २८ माघ, जनकपुर । अबैध लागुऔषध गाँजासहित जिल्ला धनुषाको जनकपुर उपमहानगरपालिका-४ भैरव चोकस्थित सहोदर यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । यादवले सञ्चालन गरेको कठघेरा पसलमा ठूलो मात्रामा लागुपदार्थ गाँजा लुकाई छिपाई बिक्री वितरण गर्ने गरिएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारी यादव र उनको डेरामा खानतलासी गर्दा अन्दाजी पाँच किलोग्राम गाँजा […]

  • rajendraa khadgi

    द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ

    २५ माघ, काठमाण्डौ । चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई मानव तस्करीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विहीबार ठमेलवाट खड्गीलाई नियन्त्रणमा लिएको हो । विभिन्न व्यक्तिलाई मोटो रकम असुलेर गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको भन्ने उजुरी परेपछि खड्गीलाई अनुसन्धानका लागि नियन्त्रण लिइएको सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी […]

  • bizananda majhi

    बलात्कार प्रकरणमा सुनसरीका प्रहरी प्रमुख निलम्वित

    २३ माघ, काठमान्डौ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्द माझी निलम्बनमा परेका छन् । इटहरीमा भएको बलात्कार काण्डलाई ढाकछोप गरेको आरोपमा एपसी माझीसँगै इन्स्पेक्टर चिरञ्जीवी दाहाल पनि निलम्वनमा परेका छन् । इटहरीमा भएको बालिका बलात्कार प्रकारणलाई लुकाउन भूमिका खेलेको आरोप लागेपछि मंगलबार उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको छ […]

  • crimes

    ६३२ एम्पुल लागु औषधसहित गिरी पक्राउ

    २१ माघ, काठमाण्डौ । ६३२ एम्पुल लागुऔषधसहित आइतबार एक भारतीयलाई पक्राउ गरेको छ । वीरगञ्जवाट काठमाण्डौ आउदै गरेको ना ७ ख ४२८ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित नारायण गिरीलाई बिहान महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले पक्राउ गरेको हो । गिरीसँग लुफिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाइजेल्याब १९४ एम्पुल र नुर्फिन ४६ एम्पुल बरामद गरिएको […]

  • हत्या

    कमलाको हत्या प्रदीपले गरेको स्वीकार

    १९ माघ, पर्वत । बागलुङको जैमिनी–८ छिस्तीकी कमला शर्मालाई हत्या गरेको कुरा पर्वत बिहादी–२ का विक्रम भन्ने प्रदीप पराजुलीले गरेको स्वीकार गरेका छन् । पराजुलीले प्रहरीले शंकाको आधारमा पक्राउ गरी नअनुसन्धानका क्रममा प्रदीपले गुल्मीको कालीगण्डकी गाउँपालिका–६ स्थित देउते बगरको गुल्मी र पर्वत जोड्ने झोलुङगे पुल नजिकै हत्या गरेर कालीगण्डकीमा फालेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय […]

  • pokhara crimes

    मनोज पुनको नाम लिँदै फिरौती माग्ने समूह प्रहरी हिरासतमा

    १८ माघ, पोखरा । मनोज पुनको नाम लिँदै फिरौती माग्ने समूह प्रहरी हिरासतमा पुगेको छ । उनीहरुले फोन गरेर प्रदेश सांसद तथा उद्योगी विन्दुकुमार थापा, उद्योगी कालु गुरुङ, मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठलगायतलाई ठुलो रकम मागेका थिए । रकम माग गर्ने मुख्य योजनाकार नरबहादुर गुरुङसहित शिव कार्की, अमृत खड्का र रामु सुवेदीलाई प्रहरीले बिहीबार सार्वजनिक […]