, घटना

घटना

  • durghatana

    पाल्पामा बस दुर्घटना, बाह्रको मृत्यु

    १८ जेठ, पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नं को बस हुमिनमा दुर्घटना भएको […]

  • जाडोका कारण मृत्यु

    पहिरोले डोजर पुरिँदा सहचालकको मृत्यु

    १८ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेर डोजर पुरिँदा सहचालकको ज्यान गएको छ । गाउँपालिका–१ बुङको पात्लेमा सडक निर्माण गरिरहेका बेला माथिबाट खसेको पहिरोले डोजरसहित सहचालक पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गाउँपालिका–१ पात्लेको बबर्दो भिरमा सडक खन्ने क्रममा बिहीबार दिउँसो एक्कासि माथिबाट पहिरो खस्दा नेचासल्यान गाउँपालिका–३ का २२ वर्षीय लोचन गौतमको […]

  • durghatana

    दुर्घटनामा एकको मृत्यु

    १८ जेठ, मलेखु । बेनिघाट रोराङ गाउँपालिका– ३, मलेखुमा मोटरसाइकल र ट्रक ठोक्किएर आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मलेखुबाट बेनिघाटतर्फ जाँदै गरेको बा ८७ प ३३९३ नंको मोटरसाइकल सोही दिशामा जाँदै गरेको बा ४ ख १८९९ नंको ट्रकमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सञ्जय तिमल्सिनाले बताउनुभयो । […]

  • आगलागी

    आगलागीमा रु पाँचलाख बरावरको क्षति

    १८ जेठ, इनरुवा । सुनसरीको गढी गाउँपालिका–६ मा बिहीबार राति भएको आगलागीमा रु पाँच लाख बराबरको क्षति भएको छ । स्थानीय बुधु उराव (वकिल)को घरमा अचानक भएको आगलागीमा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा उरावका तीनवटा घर जलेर नष्ट हुनुका साथै आठवटा खसीबाख्रा, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, […]

  • durghatana

    डिभाइडरमा ठोक्किएर बस दुर्घटना, १८ यात्रु घाइते

    १८ जेठ, चितवन । चितवनको रत्ननगरमा गएराति यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । रत्ननगर नगरपालिका–१० स्थित त्रिनेत्र पेट्रोलपम्प अगाडि काठमाडौँवाट विराटनगर जाँदै गरेको ना६ख १३३२ नंको बस डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो दुर्घटनामा घाइते भएका १८ यात्रुको अहिले कलेज अफ मेडिकल […]

  • जाडोका कारण मृत्यु

    घाइते भेटिएका चौधरीको मृत्यु

    १८ जेठ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुर नजिक घाइते अवस्थामा फेला परेका कैलालीको भजनी रजवाराका २४ वर्षीय अमित चौधरीको उपचारका लागि लैजाने क्रममा बिहीबार मृत्यु भएको छ । कलुवापुर चोकबाट झण्डै १०० मिटर दक्षिणतर्फको सडकमा घाइते तथा अचेत अवस्थामा फेला परेका चौधरीलाई प्रहरीले अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते चौधरीको शरीरका […]

  • निधन

    मलेसियामा कुटपिटवाट युवाको मृत्यु

    १८ जेठ, फलेवास । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा […]

  • durghatana

    चितवनमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

    १८ जेठ, चितवन । चितवनमा भएको दुई छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको छ । राप्ती नगरपालिकामा सडक सम्याउने क्रममा ग्रेडर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राप्ती नगरपालिका–५ स्थित चौकीडाँडा नजिकै बिहीवार साँझ ६ बजे ग्रेडर दुर्घटना हुँदा चालक चितवन खैरहनीका प्रेमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक सम्याउने […]

  • Belgium Shooting

    आतङ्ककारी हमला होइन : बेल्जियम

    १७ जेठ, ब्रसेल्स, बेल्जियम ।  बेल्जियमको पूर्वी क्षेत्रमा अवस्थित लिज शहरको मध्य भागमा मङ्गलबार साँझ भएको गोलीकाण्डमा संलग्न व्यक्ति आतङ्ककारी नभएको बेल्जियम सरकारले जनाएको छ । गोली चलाउने व्यक्तिको बारेमा प्रहरीले गरेको खोजीमा ती व्यक्ति आतङ्ककारी गतिविधिमा संलग्न भएको नपाइएको बताइएको हो । त्यस गोलीकाण्डमा परी दुई जना प्रहरी, एक बटुवा र आक्रमणकारीसहित चार जनाको मृत्यु भएको […]

  • Nepalpatra

    सुन तस्करीका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक खत्री अदालतमा उपस्थित

    १७ जेठ, विराटनगर ।  सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री आज जिल्ला अदालत मोरङमा उपस्थित भएका छन् । उनी जिल्ला अदालत मोरङमा उपस्थित भएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी गराउनुभयो । सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरिएमा उनी फरारको सूचीमा थिए । सो […]

  • Hawahuri

    आँधीहुरीले छाना उडायो, स्थानीयबासी अन्धकारमा

    १७ जेठ,  खजुरा बाँके ।  बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकामा आँधीहुरीले ढलेका विद्युत पोल मर्मत नहँुदा स्थानीयबासीले अझै बत्ती बाल्न पाएका छैनन् । एक हप्ता अघि आएको आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा ३० वटा विद्युत् पोल ढलेका छन् भने केही भाँचिएका छन् । विद्युत् कार्यालयले सुस्तगतिमा पोल गाड्ने तथा मर्मत कार्य गर्नाले बत्ती बाल्न […]

  • acharya-shreeniwas

    आचार्य श्रीनिवास पूर्पक्षका लागि थुनामा

    १७ जेठ, विराटनगर ।  मुलुकमा साम्प्रदायिक द्वन्द्व सिर्जना गर्न आफैँलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास (दिनेशप्रसाद पण्डित) लाई बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो । श्रीनिवासलाई […]

  • cyber-crime

    उपत्यकामा साइबर अपराधका घटना बढ्दो

    १७ जेठ, काठमाडौँ । काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना बढ्दोरुपमा रहेका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार १७६ साइबर अपराधका घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेष गरेर फेसबुक, इमेल, ट्वीटर, युट्युब, एसएमएस, एटीएमलगायतबाट साइबर अपराधका घटना […]

  • निधन

    भाइको शव लिएर घर जाँदा दाजुको मृत्यु

    १६ जेठ, पाँचथर । पिकअपवाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ । मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपवाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । मंगलबार मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–७, टारीमा पुग्दा […]

  • जाडोका कारण मृत्यु

    रुखले किचेर एकको मृत्यु

    १६ जेठ, इलाम । रुखले किचेर इलाममा मंगलबार एक व्यक्तिको ज्यान गएको छ । दाउराका लागि रुख काट्ने क्रममा माई नगरपालिका–९, बोरुङका ५३ वर्षीय जंग देवानको मृत्यु भएको हो । घर नजिकैको जंगलमा दाउरा काट्ने क्रममा आफैँले ढालेको रुख आफैँतिर ढल्दा देवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । देवानको घटनास्थलमा नै […]

  • निधन

    गैँडाको आक्रमणवाट एकजनाको मृत्यु

    १६ जेठ, चितवन । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणवाट गएराति एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैँडाको आक्रमणमा परी स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको मृत्यु भएको हो । सो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले बेलाबेलामा जंगली […]

  • आगलागी

    भरतपुरको रङ कारखानामा आगलागी

    १६ जेठ, चितवन । भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ । बिहान ७ बजेदेखि शुरु भएको आगलागी यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिका, […]

  • पक्राउ

    जुवा खेलाउने ६ जना पक्राउ

    १५ जेठ, काठमाडौँ । महानगरीय प्रहरी परिसरले सट्टेबाजी खेलाउने ६ जनालाई पक्राउ गरेको छ । प्रहरी परिसरको टोलीले काठमाडौँका ठमेल, लाजिम्पाट, दरबारमार्ग तथा ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा बसेर अनलाइन सट्टेबाजी गरेको आरोपमा गौरब तिवारी, भूपेन्द्र शम्शेर कुँवर, अञ्जन केसी, विजय श्रेष्ठ, नरेन्द्र सुवाल र दिनेश बोगटीलाई पक्राउ गरेको हो । प्रहरी परिसरले आज पत्रकार […]

  • durghatana

    जीप दुर्घटनामा वडाध्यक्षसहित चारको मृत्यु

    १५ जेठ, डडेल्धुरा । आज बिहान डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से१ज ३३० नं को जीप दुर्घटना हँुदा वडाध्यक्षसहित चार जनाको मृत्यु भएको छ । डोटी आदर्श गाउँपालिका–३ का वडाध्यक्ष प्रेम बोहरासहितको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने अन्यमा गाडीधनी दिपायल सिलगढी–४ का विनोदकुमार रावल तथा आदर्श गाउँपालिकाका लाल बोहरा र […]

  • durghatana

    जीप दुर्घटनामा तीनको मृत्यु

    १५ जेठ, डडेल्धुरा । डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नं को जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिकाको गजरौलामा जीप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ । आज बिहान करीब […]