, घटना

घटना

  • निधन

    विद्यालयको कार्यक्रममा भागदौड हुदा १७ को मृत्यु

    ३ असार, कराकस । भेनेजुएलाको राजधानी कराकस नजिकैको एक माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्थानीय क्लबमा आयोजना गरेको खानपिन र सांस्कृतिक कार्यक्रमा अकस्मात एक युवकले अश्रुग्यास हानेपछि भएको भागदौडमा १७ जना मारिएका छन् । शनिबार सो दुर्घटना भएको थियो । आफ्नो परीक्षा सकिएको अवसरमा ती विद्यार्थीले उक्त क्लबमा खानपिनको आयोजना गरेका थिए । सोही कार्यक्रममा सहभागी एक […]

  • पक्राउ

    विद्युत् चोरीको आरोपमा वडा अध्यक्षसहित २१ जना पक्राउ

    १ असार, राजविराज । सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाको तिरुहत गाउँपालिका–५ का वडा अध्यक्ष रमानन्द चौधरीसहित २१ जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरिएको विद्युत प्राधिकरण राजविराजले […]

  • durghatana

    बस दुर्घटनामा एकको मृत्यु, सात घाइते

    १ असार, तनहुँ । तनहुँको साराङ्घाटबाट दमौलीतर्फ आउँदै गरेको बस व्यासनगरपालिका–१४ स्थित सुडेको पुल नजिक आजर दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी तीन गम्भीरसहित सातजना घाइते भएका छन् । ग१ख ३७०१ नंको बस बुद्धसिं मार्गअन्तर्गतको पक्की सडकबाट करीब २० मिटर तल सेती नदी किनारमा खस्दा देवघाट गाउँपालिका–२ वैदीका ५० वर्षीय […]

  • पक्राउ

    ठगी गरेर फरार रहेका यसमाली पक्राउ

    १ असार, धनकुटा । रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि सहकारी लिमिटेड संस्थाले ऋण तथा बचत कार्यक्रम सञ्चालन भइरहेका संस्थाबाट यसमालीले रु ५५ लाखभन्दा बढी रकम हिनामिना गरी फरार भएको एक वर्षपछि बिहीबार राति पक्राउ […]

  • durghatana

    अपडेट : दुर्घटनामा मृत्यु हुनेको चार संख्या पुग्यो

    १ असार, चितवन । इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि, तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एकजनाको उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग […]

  • पक्राउ

    ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

    १ असार, राजविराज । सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह रहेको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले वताउनुभयो । दुई दिन अगाडि रामदयाल साहले आफ्नै […]

  • पक्राउ

    बाल विवाहकर्ता भारतीय युवक पक्राउ

    १ असार, इटहरी । बालविवाह गरेको अभियोगमा भारतको विहार राज्यको सुपौल जिल्ला बाइसी गाउँ पञ्चायत वडा नम्बर ४ का देवु मुखियाका २५ वर्षीय छोरा रामकुमार मुखिया पक्राउ परेका छन् । उनलाई सुनसरीको भण्टाबारी प्रहरीले बिहीबार नियन्त्रणमा लिई कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय इनरुवामा ल्याइएको प्रहरीले बताएको छ । गत जेठ ६ गते देवु मुखियाका […]

  • निधन

    गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

    १ असार, कञ्चनपुर । पूर्व—पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०, झलारी बजारमा फलफूल तथा तरकारी ढुवानी गर्ने म १ च १९१ नम्बरको गाडीले ठक्कर दिँदा बिहीबार साँझ पैदलयात्रुको मृत्यु भएको छ । लामो समयदेखि झलारी बजारको सत्कार होटलमा काम गर्दै आएका बेदकोट नगरपालिका–४, बैतोडाका अन्दाजी ३८ वर्षीय खडकसिंह जाग्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, झलारीका […]

  • durghatana

    माइक्रोबस र ट्रक जुध्दा तीनजनाको मृत्यु, नौ घाइते

    १ असार, चितवन । इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ७६९२ नंको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४०६४ नंको ट्रक […]

  • BP Road

    चार घण्टापछि  विपी राजमार्ग खुल्यो

    १ असार , काठमाडाै । विपी राजमार्गमा झण्डै चार घण्टापछि यातायात सञ्चालनमा आएको छ । काभ्रेको रोशी गाउँपालिकामा पर्ने खहरे खोला, फेदी खोला, साङ खोला र भ्याकुरे खोलाले बगाएर ल्याएको माटोले अबरुद्ध भएको राजमार्ग प्रहरी र स्थानीयबासिको सहयोगमा हटाएपछि राजमार्ग खुलेको प्रहरीले जनाएको हो । यो राजमार्ग बिहान ५ बजेदेखि अवरुद्ध भएको थियो । यो […]

  • crime

    धारिलो हतियार प्रहार गरी श्रीमान्को हत्या

    ३१ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा गएराति धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्यापछि आफ्नी पाँच वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति नै फरार भएको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक […]

  • Nepalpatra

    घुस खाने इञ्जिनियर र प्राविधिक बर्खास्त

    ३१ जेठ, म्याग्दी । सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानबिनमा परेका शिक्षा विकास तथा समन्वय एकाइ, म्याग्दीका दुईजना प्राविधिक बर्खास्त भएका छन् । कक्षा कोठा भवन योजना छनोट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाइ बाध्य बनाएर घुस लिएको आरोपमा इञ्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेतीविरुद्ध उजुरी परेपछि बर्खास्तीमा परेका हुन् । उनीहरुको करार […]

  • Body-camera

    अनुसन्धान गर्न ‘बडी क्यामेरा’ प्रयोग गर्दै प्रहरी

    ३१ जेठ, बनियानी, झापा । इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ । अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । इप्रकाको कार्यप्रगति विवरणबारे जानकारी दिन बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रनानि कोइरालाले भन्नुभयो, […]

  • durghatana

    युगाण्डामा भएको सडक दुर्घटनामा ११ को मृत्यु

    ३० जेठ , कम्पला ।  युगाण्डामा बुधबार राति भएको बस दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । युगाण्डाको किर्यान्डोङगो जिल्लामा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् । यहाँको एक स्थानीय प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । घटनामा परी घाइते भएकालाई तत्काल उद्धार गरी किर्यान्डोङगो […]

  • crime

    अवैध लागुऔषधसहित चार युवती पक्राउ

    २९ जेठ, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ । खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय शंकर राउतलाई २१० […]

  • gaja

    भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

    २९ जेठ, चितवन ।  भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिमा बिआर ०६ पी ०७३२ नं को भारतीय टाटा सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो । वेवारिसे अवस्थामा फेला परेको सो गाडी जाँच गर्दा ढोकाहरुमा फल्स बटम बनाई […]

  • Nepalpatra

    ठगी गर्ने चार युवक पक्राउ

    २९ जेठ, पर्सा ।  चिठ्ठाको बहानामा सर्वसाधारणलाई ठग्ने चार युवकलाई पक्राउ गरी आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । चिठ्ठा तथा विभिन्न योजनाको बम्पर उपहार परेको भन्दै कर बापतको रकम बैंक खाता र आइएमआइमा जम्मा गर्न लगाई सर्वसाधारणलाई ठगी गरेको उनीहरुलाई पक्राउ गरिएको हो । वीरगञ्ज महानगरपालिका– १८ नगवाका अक्षयकुमार चौरसिया, वडा नं १६ का युवराज पासवान, […]

  • पक्राउ

    नगदसहित १२ जना जुवाडे पक्राउ

    २९ जेठ, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित हीराचन होटल एण्ड लजमा सोमबार अपराह्न ५ बजे प्रहरीले छापामारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ । सो जुवाको खालबाट प्रहरीले रु एक लाख २५ हजार ६१५ नगदसहित ती व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो । उक्त होटलमा […]

  • Afgansthan

    झडपमा परी दश सैनिकको मृत्यु

    २८ जेठ, कुन्दुज  ।  अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला इ जालमा रहेको प्रहरी जाँच चौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी कम्तीमा १० अफगान सैनिक मारिएका छन् । यस आत्रमणमा परी अन्य पाँच घाइते भएका छन् । सो प्रान्तका सरकारी अधिकारीहरुले सोमबार सो जानकारी दिएका छन् । कला इ जालको आक टिपा इलाकामा रहेको सुरक्षा जाँच […]

  • Earthquake India

    भारतको आसाममा भूकम्प

    २८ जेठ, नयाँदिल्ली । भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार भूकम्प गएको समाचार छ । सो भूकम्प ५.१ म्याग्नीच्युडको रहेको अधिकारीले सोमबार जानकारी दिएका छन् । स्थानीय समयाअनुसार बिहान १०ः३० बजे भूकम्प गएको यस भूकम्पबाट प्रान्तीय राजधानी शहर आसामको दिसपुरबाट ११४ किलोमटिर पूर्वी क्षेत्र बढी प्रभावित भएको थियो । तर आसाम राज्यभर नै यस भूकम्पको कम्पन महसुस […]