२० भदौ २०८३, शनिबार
स्वास्थ्य

स्वास्थ्य इकाइ स्थापनाले गाउँमै उपचार

९ साउन, कञ्चनपुर । स्वास्थ्योपचारका लागि दश किलोमिटर टाढाको स्वास्थ्यचौकी पुग्नुपर्ने झन्झटबाट शुक्लाफाँटा नगरपालिका– ८ बेलडाँडीका बासिन्दाले मुक्ति पाएका छन् । स्थानीय सरकार आएपछि गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएकाले स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा पाउन थालेका हुन् ।