राप्रपा अध्यक्ष कमल थापामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अध्यक्ष थापाले बुधबार सामान्य टाउको दुखेका कारण कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ देखिएको विहीबार ट्वीटर मार्फत् जानकारी दिएका हुन् ।