७ जेष्ठ २०८१, सोमबार
हेडलाइन

नेपालमा कोरोना जित्नेको संख्या ९२ हजार नाघ्यो, थप २३२६ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक २। नेपालमा पछिल्लो २४ घण्टामा २३२६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ९२१६६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।