१२ पुस, काठमाडौँ । बुधबार उच्च अङ्कले वृद्धि भएको शेयर बजार आज भने पुनः घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव शून्य आठ विन्दुले घटेर एक हजार २१५ दशमलव १६ विन्दुमा पुगेको छ ।