११ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

एमालेले निर्वाचनलाई राजनीतिक विषय बनाएर जनतामा भ्रम सिर्जना गर्‍यो : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवधिक निर्वाचन गर्ने विषयमा सरकार जानकार रहेको बताएका छन् । नेपाल सरकारका प्रवक्तासमेत् रहेका कार्कीले स्थानीय तह निर्वाचन ऐन र संविधानको धारा बाझिएको भन्दै त्यसलाई संशोधन गर्ने विषयमा छलफल भइरहेको बताए ।