११ बैशाख २०८३, शुक्रबार

राप्रपाका उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ


विक्रम पाण्डे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा उपाध्यक्ष विक्रम पाण्डे पक्राउ परेका छन् । पूर्वमन्त्री समेत रहेका व्यवसायी पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज शुक्रबार राती काठमाडौंबाट पक्राउ गरेको हो ।

उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन् ।

पाण्डेविरुद्ध २०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको अख्तियारले मुद्दा दायर गरेको थियो । सो मुद्दामा उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !