२१ बैशाख २०८१, शुक्रबार

व्यापारी सुरेश केडिया भारतको मोतिहारीबाट अपहरणमुक्त


businessman kidnap

काठमाडौं । बाराबाट अपहरणमा परेका व्यापारी सुरेश केडिया अपहरणमुक्त भएका छन् । भारतको मोतिहारीबाट उनलाई अपहरणमुक्त गरिएको थियो ।
व्यापारिक कामले बाराको बरियारपुर जाँदा उनलाई बिहीबार भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिले चालकलाई गोली हानि अपहरण गरेका थिए ।
प्रहरी स्रोतकाअनुसार अपहरणमा संलग्नमध्येका एकजनालाई पक्राउ गरिएको छ ।

पर्सा प्रहरी प्रमुख राजुबाबु श्रेष्ठले मोतिहारीबाट मुक्त गराइसकेको बताए । उनले भारतबाट हिँडेपनि नेपाल आइनसकेको बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी केशव घिमिरेले पनि व्यापारी केडिया अपहरणमुक्त भएको सुनिएपनि यसबारे थप प्रष्ट हुन बाँकी रहेको बताए ।
नेपाली र भारतीय प्रहरीको संयक्त पहलमा अपहरणमुक्त गराइएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले पनि केडियालाई अपहरणमुक्त गरिएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !