११ बैशाख २०८३, शुक्रबार

काठमाडौँ प्रशासनले भन्यो – १२ गते शनिबार बिहानैदेखि घर टहरा भत्काइनेछ


जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘अत्यन्त जरुरी सूचना’ जारी गरेर शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने जनाएको छ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा नदी किनारका सार्वजनिक, सरकारी पर्ती जग्गामा भएका घर टहरा खाली गरिने जनाइएको छ।

यसका लागि शुक्रबार साँझ ७ बजेसम्म घर टहरा खाली गर्न भनिएको छ। घर टहरा खाली नगरिए शनिबार बिहानैदेखि भत्काउने चेतावनी दिइएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !