काठमाडौँ । नेकपा (एमाले) ले सांसद ऐन महरलाई दलको प्रमुख सचेतक नियुक्त गरेको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले महरलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
महर बझाङबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । उनले आफूले जिम्मेवारी पाउँदा खुसी लागेको बताउँदै पूर्ण निष्ठा र इमानदारिताका साथ जिम्मेवारी बहन गर्ने बताएका छन् ।












