२५ बैशाख २०८१, मंगलबार

कमरेड प्रचण्डको धार्मिक आस्था : साइत हेरेर बालुवाटार प्रवेश


बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । पृष्ठभूमि : नेकपा (माओवादी केन्द्र) अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजो साँझ बालुवाटारस्थित सरकारी निवासमा सरेका थिए । ललितपुरको खुमलटारस्थित निजी निवासबाट प्रधानमन्त्री प्रचण्ड हिजो साँझ सरकारी निवास बालुवाटार सरेका थिए ।

कम्युनिष्ट प्रधानमन्त्री प्रचण्ड हिजो साँझ ज्योतिषलाई साइत हेराएर बालुवाटार प्रवेश गएका हुन् । कम्युनिष्ट प्रधानमन्त्री भएर पनि प्रचण्डले साइत हेराएर बालुवाटार प्रवेश गरेपछि प्रचण्डको धार्मिक आस्थाप्रति आम नेपालीमा चासो हवात्तै बढेर गएको छ ।

प्रचण्डको बालुवाटार प्रवेश

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा तत्कालिन एनेकपा माओवादी अध्यक्ष प्रचण्डले बालुवाटार प्रवेश गर्दा कुनै पूजापाठ साइत नहेराइन सरेका थिए । प्रचण्डले प्रधानमन्त्री सपथ लिँदा ईश्वरको नाममा नभनेर जनताको नाममा भने तापनि यसपटक ज्योतिषलाई साइत हेराएर बालुवाटार प्रवेश गर्नुले चर्चा बढेको हो ।

हुन त यसअघिका प्रधानमन्त्रीहरुले बालुवाटार प्रवेश गर्दा कालो बोको काटेरै पनि प्रवेश नगरेका होइनन् । बस एक दिन मात्र चर्चा भयो फलानो प्रधानमन्त्री कालो बोको काटेर बालुवाटार प्रवेश गरे भन्ने समाचार आउँथे । तर यहाँ जसको बढी चर्चा हुन्छ कमरेड प्रचण्डकै ।

कम्युनिष्टहरू प्रधानमन्त्रीको आदर्श र धार्मिक आस्था

कम्युनिष्टहरूको आदर्श एवम् मार्गदर्शन भनेकै कार्ल मार्क्सद्वारा लिखित घोषणापत्रमा मार्क्सले धर्मलाई मानव स्वास्थ्यमा सबैभन्दा नकरात्मक प्रभाव पार्ने लागूपदार्थ अफिमसँग तुलना गरेका छन् । नेपाली कम्युनिष्टहरू पनि आफूलाई बडो ठूलो मार्क्सवादीको होडबाजीमा अग्रपंक्तिमा मानेतापनि केवल कार्ल मार्क्सको तस्बिर भित्तोमा झुण्ड्याएर मात्रै कम्युनिष्ट हुनुको ‘धर्म’ पुरा गर्दा खोक्रो आदर्श हो कि भन्ने सच्चा कम्युनिष्टलाई लाग्नु स्वाभाविक हो ।

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीदेखि अन्य कम्युनिष्ट प्रधानमन्त्रीहरू झलनाथ खनाल, केपी ओली र माधव नेपाल सबैले प्रधानमन्त्री हुनासाथ पूजाआजा गरेर मात्र सरकारी आवास नछिरेका होइनन् । एमाले बरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री भएपछि विशेष पूजापाठ सहित बालुवाटार सरेका थिए । खनालले पूजा, साइत र कालोबोको काटेर बालुवाटार निवास सरेका थिए ।

यस्तै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीको धार्मिक आस्था कहिलेकाहीं यस्तो रुपमा प्रकट हुन्छ की जसले राष्ट्रको ध्यान नै केन्द्रित गर्न बाध्य हुन्छ । यद्यपि कम्युनिष्ट पार्टीको अध्यक्ष भएर पनि ओलीको हिन्दू रूझान भने पुरानै भएको बताइन्छ ।

गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नजिकिंदै गर्दा ओलीले २०७९ साल कार्तिक १६ गते बुधबार त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेर राजनीतिक वृत्तमा ओलोको धार्मिक आस्थाको चर्चा भएको थियो ।

कम्युनिष्ट भएर आफ्नो सनातन धार्मिक मान्यता अनुशरण गरेको भनेर ओलीलाई पनि उनका आलोचकले समय-समयमा ओलीलाई कटाक्ष पनि गर्ने गरेका छन् । यसअघि ओली प्रधानमन्त्री भएको बेला पनि पशुपतिनाथमा सुनको जलहरी राख्ने विषयमा विवाद भएको थियो ।

यसअघि पनि २०७९ साल श्रावण १६ गते सोमबार पूर्वप्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओली पशुपतिनाथको सन्ध्याकालीन आरतीमा सहभागी भएका थिए । बागमती गंगा आरती सेवा समितिको निमन्त्रणामा ओली पशुपतिनाथ पुगेका थिए ।

नेपाली कम्युनिष्टहरुको दोहोरो चरित्र बेलाबखतमा उदांगो हुने गरेको छ । यसलाई ढाकछोप गर्न उनीहरूले हरदम प्रयास गरेपनि छताछुल्ल हुने गरेको छ । पद तथा गोपनीयताको सपथ लिँदा ‘ईश्वर’ शब्द उच्चारण गर्न हिच्किच्याउने कम्युनिष्ट नेताहरु जनताका नाममा सपथ लिनुपर्ने देखावटी व्यवहार गर्ने गर्छन् ।

पद तथा गोपनीयताको सपथ लिँदा ‘ईश्वर’ शब्द उच्चारण गर्न हिच्किच्याउने कम्युनिष्ट नेताहरु जनताका नाममा सपथ लिनुपर्ने देखावटी व्यवहार गर्ने गर्छन् ।

‘ईश्वर’का नाममा सपथ नलिने मनोविज्ञानबाट ग्रसित उनीहरू मन्दिरमा पूजापाठ, ग्रहशान्ति गर्न भने पछि पर्दैनन् । यसका साथै निर्वाचनमा ज्योतिषले दिएको सल्लाहअनुसार नै निर्वाचन क्षेत्र छान्ने गरेको समेत चर्चा चलेपनि उनीहरू सार्वजनिक कार्यक्रममा भने आफूलाई नास्तिकको रुपमा प्रस्तुत गरिरहेका हुन्छन् ।

देउवा र सुशील कोइरालाको बालुवाटार प्रवेशको चर्चा

यस्तै नेपालको ३७ औं प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाले शुभ साइत जुराएर बोको काटेर बालुवाटार सरेका थिए । चौथोपटक प्रधानमन्त्री भएपछि ज्योतिषको साइतअनुसार प्रधानमन्त्री बनेका शेरबहादुर देउवा आफ्नो बूढानीलकण्ठस्थित घरबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेपछि एक निक्खर कालो रंगको बोको पनि मूलढोकामा काटेका थिए ।

ज्योतिषशास्त्र र विज्ञानको सम्वन्ध

ज्योतिषशास्त्रमा गणितको प्रयोग हुने हुनाले यो आफैमा वैज्ञानिक पनि छ । ज्योतिषशास्त्रमा सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण वा तरङ्गले पृथ्वीमा रहेका जड र चेतनमाथि पर्ने प्रभावको सुक्ष्म गणितीय सूत्रबाट वैज्ञानिक अध्ययन र विश्लेषण गरिन्छ । ज्योतिषविज्ञ भन्छन्, ‘जसरी टिभी र रिमोटकन्ट्रोलको सम्वन्ध हुन्छ ठिक त्यस्तै ग्रह र मनुष्यबीच पनि सम्बन्ध रहेको हुन्छ ।’

ज्योतिषविज्ञ भन्छन्, ‘जसरी टिभी र रिमोटकन्ट्रोलको सम्वन्ध हुन्छ ठिक त्यस्तै ग्रह र मनुष्यबीच पनि सम्बन्ध रहेको हुन्छ ।’

ती कट्टर प्रचण्ड

जीवनले परिवर्तन खोज्नु प्रकृतिको नियम नै हो । हिजोका नास्तिक ओली र प्रचण्ड आज बुढ्यौली हुँदै गएपछि बिस्तारै आस्तिक हुन थालेका छन् । २०६३ सालसम्म प्रचण्ड दशैंमा टीका लगाउने र लगाइदिने, मन्दिरमा पुजा गर्ने जस्ता रीतिरिवाज मान्दैन्थे ।

हिन्दु मान्यताअनुसार बाबुआमाको निधन भएपछि छोरा-बुहारीले १३ दिन किरिया बस्नुपर्छ । प्रचण्डले आफ्ना बाबु मुक्तिराम दाहालको मृत्युपछि दागबत्ती त दिए तर किरिया गरेनन् । उनका भाइले बाबुको किरिया गरेका थिए । यस्तै उनले आफ्नी आमा भवानीको पनि किरिया गरेनन् । यस्तै आमाको किरिया पनि उनका भाइले गरेका थिए ।

बाबुआमाको काजकिरिया नगर्ने प्रचण्ड मात्र पहिलो व्यक्ति भने होइनन् । बीपी कोइरालाले बाबुको किरिया गरेनन् । बीपीले आफ्नो पनि काजकिरिया नगर्नु भनेका थिए रे । यस्तै माधवकुमार नेपालले पनि आमाको किरिया गरेनन् ।

बाबुआमाको काजकिरिया नगर्ने प्रचण्ड मात्र पहिलो व्यक्ति भने होइनन् । बीपी कोइरालाले बाबुको किरिया गरेनन् । यस्तै माधवकुमार नेपालले पनि आमाको किरिया गरेनन् ।

यी धार्मिक प्रचण्ड

यद्यपि बाबु र आमाको किरिया नगर्ने प्रचण्डको धार्मिक रुझान बडो रोचक छ । एक बाबाले दिएको सल्लाहअनुसार ग्रह सपार्न प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा सुनसरी पुगेर भैँसीपूजा गरेर आफ्नो धार्मिक आस्था रहेको प्रकट गरेका थिए ।

यसअघि २०७६ साल फाल्गुण ११ आइतबार विहान जनकपुरधामबाट सुरु भएको विश्वको लामो धार्मिक १३३ किलोमिटरको पदयात्राको तत्कालिन नेकपाको अध्यक्ष भएको बेला प्रचण्डले मिथिलाविहारी भगवानको डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गरेका थिए ।

यस्तै २०७५ साल कात्तिक २७ गते तत्कालिन नेकपाका अध्यक्ष प्रचण्डले म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको दर्शन गर्नुको साथै मन्दिरमा आरती समेत गरेका थिए । त्यो समयमा पनि प्रचण्डको धार्मिक आस्था बढेको विश्लेषण गरिएको थियो ।

प्रचण्डले १० वर्षे सशस्त्र युद्धकाे नेतृत्व गर धर्म अफिम हाे भनेर नागरिकलाई प्रशिक्षित गर्नुको साथै पण्डित र पुजारीमाथि कारबाहीसमेत गरेका थिए । त्यो समयका चरम भाैतिकवादी प्रचण्डलाई आजकल मार्क्सभन्दा रामदेव र सद्गुरुहरूलाई प्यारो लाग्न थालेको छ ।

चरम भाैतिकवादी प्रचण्डलाई आजकल मार्क्सभन्दा रामदेव र सद्गुरुहरूलाई प्यारो लाग्न थालेको छ ।

छोरी ज्ञानु दाहालको मृत्युपछि अस्वस्थ देखिएकी प्रचण्ड पत्नी सीता दाहाल छोरा प्रकाशको मृत्युसँगै ठूलो बिरामी भइन् । छोराछोरीको असामयिक निधन र पत्नी सीता दाहाल पार्किन्ससले ग्रस्त भएपछि प्रचण्ड आस्तिक हुँदै विश्लेषण गर्न सकिन्छ ।

जवानीको जोसमा जतिसुकै चरम भौतिकवादी भएपनि जव बुढेसकाल लाग्छ मानिसले हरे राम हरे कृष्ण जप्न थाल्दछ ।

हुनत: कम्युनिष्ट प्रधानमन्त्री हुँदैमा धार्मिक आस्था हुनु हुँदैन, नास्तिक हुनैपर्छ भन्ने पनि छैन । सनातन धार्मिक आस्थालाई कायम राख्दैमा रुढिवादी भइन्छ भन्ने पनि होइन । तर हिजो नेपालीको त्यही आस्थाको केन्द्रलाई अस्वीकार गरेर विद्रोह गरेका प्रचण्डमा कसरी धार्मिक आस्था बढ्न थाल्यो भन्ने विषय चाहि महत्वपूर्ण कुरा हो । जवानीको जोसमा जतिसुकै चरम भौतिकवादी भएपनि जव बुढेसकाल लाग्छ मानिसले हरे राम हरे कृष्ण जप्न थाल्दछ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डकी कान्छी छोरी गंगाले बुझिन् बालुवाटारको चाबी

देउवाले छोडेपछि बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

बालुवाटार छोडेर धुम्बाराहीमा भाडाको घरमा सरे देउवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !