८ बैशाख २०८१, शनिबार

देउवाले छोडेपछि बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड


बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारबाट छोडेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड आज साँझ खुमलटारबाट सरकारी निवास बालुवाटार सरेका हुन् । यसअघि निवर्तमान प्रधानमन्त्री देउवा ज्योतिषलाई साइत हेराएर मात्र बालुवाटार सर्ने गर्थे भने यसपटक कम्युनिष्ट प्रधानमन्त्री प्रचण्ड पनि साइत हेरर बालुवाटार प्रवेश गरेका छन् ।

यद्यपि प्रचण्ड ज्योतिष टिकाराम घिमिरेले जुराएको साइत साँझ ५ बजेको साइत भन्दा लगभग एक घण्टा २० मिनेट ढिलो साँझ ६ः२० बजे बालुवाटार प्रवेश गरेका छन् । देउवा आज दिउँसो बालुवाटार छोडेर धुम्बाराहीमा भाडाको घरमा सरेका छन् ।

प्रधानमन्त्रीमा ‘प्रचण्ड’ नियुक्त भएसंगै पदमुक्त भएपछि देउवा बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् । गत पुस १० गते प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

यो पनि पढ्नुहोस्

बालुवाटार छोडेर धुम्बाराहीमा भाडाको घरमा सरे देउवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !