२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डकी कान्छी छोरी गंगाले बुझिन् बालुवाटारको चाबी


बालुवाटारको चाबी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट प्रधानमन्त्री प्रचण्ड आज साँझ सरकारी निवास बालुवाटार सरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी प्रधानमन्त्री प्रचण्डकी कान्छी छोरी गंगा दाहालले बुझेकी छन् । प्रधानमन्त्री प्रचण्डको परिवार ज्योतिषलाई साइत हेराएरै आज साँझ पौने ७ बजे परिवार बालुवाटार प्रवेश गरेको हो ।

अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् ।

 बालुवाटारको चाबी

यो पनि पढ्नुहोस्

देउवाले छोडेपछि बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

बालुवाटार छोडेर धुम्बाराहीमा भाडाको घरमा सरे देउवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !