१५ बैशाख २०८१, शनिबार

संगीतकार टम्पशेर राईको लालिगुरास सार्वजनिक (भिडियोसहित)


Capture

३ फागुन, काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राई र नाग्मा श्रेष्ठको अभिनयमा रहेको लालिगुरास गीको भिडियो सार्वजनिक भएको छ ।

मायालु तुलशीको शब्द र सुमन बानियाको आवाजमा रहेको गीतमा संगीत राईको आफ्नै रहेको छ । प्रदेशको भूमिमा आफ्नो जीवन साथीदेखि टाढिए बस्न पर्दाको पिडाहरु समेटिएको एकदमै समय सान्दर्भिक रहेको छ ।

राईले दर्जन भन्दा बढी गीतहरु लेखिसकेका छन् भने त्यतिकै गीतमा संगीत र स्वर भरेका छन् ।

राईले पछिल्लो समयमा आफ्नै शब्द संगीत र स्वरमा धेरै म्युजिक भिडियोहरु बजारमा ल्याइसकेका छन् ।

हेर्नुहोस् भिडीयो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !