१५ बैशाख २०८१, शनिबार

गीतकार दिलिप योन्जन तामाङको “हावा बनी छुए तिमीलाई” गीतको भिडियो सार्बजानिक


हावा बनी छुए तिमीलाई

 साउनकाठमाडौँ  गीतकार दिलिप योन्जन तामाङको “हावा बनी छुए तिमीलाई” गीतको भिडियो सार्बजानिक भएको छ । गायक युवराज चौलागाईको स्वर रहेको यो म्युजिक भिडियोले धेरै दर्शकको मन जित्ने देखिन्छ ।

युवा युवतीमा उत्पन्न प्रेमका भावहरु समेटिएको नयाँ आधुनिक गीतको म्युजिक भिडियोमा गीतकार दिलिप योञ्जन तामाङको शब्द रचनामा रहेको गीतमा राजेश थापाको सुमधुर संगीत रहेको छ भने गीतमा फडिन्द्र राईको संगीत संयोजन छ ।

एकान्त मगरद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा सनी सुनुवार र पुजा खवासको उत्कृष्ट अभिनय रहेको छ । भिडियोलाई बासु न्यौपानेले छायाँकन गरेका हुन भने एकान्त मगरले सम्पादन गरेका हुन । गीतमा धेरै राम्रो ज्ञान भएका र भविष्यमा राम्रो सम्भावना बोकेका गीतकार दिलिप योन्जन तामाङ संगीत क्षेत्रमा निकै सक्रिय छन् ।

हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !