१४ बैशाख २०८१, शुक्रबार

गजल – क्या! गजवको हुन्छ, कसै-कसैको निगरानी पनि !


क्या! गजवको हुन्छ, कसै-कसैको निगरानी पनि !
हतियार नै हतियारले, भरिएको हुन्छ शिरानी पनि !!

वा ! समयले कहिले, काही यस्तो कोल्टे फेरिदिन्छ !
निधारमा मजाले सजाइन्छ, लुगा धुने खरानी पनि !!

सहन सक्नुपर्छ जिन्दगीका अनेक अनेक मोडहरु !
आफ्ना आफ्नै बेग्लै हुन्छन,मनभित्रका कहानी पनि !!

बलेको आगोको ताप्दैन, दनदन बलेको देखेपछी !
अफ्ठ्यारो जब टारिन्छ नि, आफ्नै हुन्छन बिरानी पनि !!

आफ्नाले आफ्नैलाई नै, यस्तो खेदो खनेपछि !
सगरमाथा पुगिदिन्छ यो मनको दिग्दारी पनि !!

सन्तोष ढकाल
प्राध्यापक-भगवती दिनानाथ उच्च मावि खोटाङ्ग बजार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !