१५ बैशाख २०८१, शनिबार

बलिउडका अभिनेता ऋषि कपुरको निधन


ऋषि कपुर

१८ वैशाख, काठमाडौं । चर्चित बलिउड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित कपुरलाई स्वासप्रस्वासमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना गरिएको थियो ।

ऋपि कपूरका दाइ रणधीर कपूरले उनको निधनको पुष्टि गरेका हुन् । कपूर गएको सेप्टेम्बरमा अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएका थिए । उनी क्यान्सरको उपचारका लागि अमेरिकामा एक वर्ष बसेका थिए ।

ऋषि कपुर दिग्गज अभिनेता राज कपुरको छोरा हुन् । ऋषि कपूरका छोरा रणवीर कपूर बलिउडका हालका स्टार अभिनेता हुन् । उनले आफ्नो फिल्मी करियर सन् १९७३ मा बबी फिल्मबाट सुरु गरेका थिए । उनको अन्तिम चलचित्र इमरान हाशमीसँगको द बडी हो ।

उनले बाल कलाकारका रुपमा श्री ४२० र मेरा नाम जोकर चलचित्रमा काम गरेका थिए । उनी अभिनेत्री दीपिका पादुकोणसँग उनी हलिउड चलचित्र द इन्टर्नको हिन्दी रिमेकमा काम गर्ने तयारी थिए ।

अस्पतामा अन्तिम सास लिँदै गर्दा उनको वरिपरी श्रीमती नीतु कपूर तथा छोरा रणवीर र छोरी रिद्धिमासहित परिवारका सदस्य रहेको जनाइएको छ । यसअघि बुधबार मात्रै अभिनेता इरफान खानको निधन भएको थियो । बलिउडले एक दिनको अन्तरमा लगातार २ जना हस्ती गुमाएको हो ।

यो पनि पढ्नुहोस्

अभिनेता इरफान खानको निधन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !