१५ बैशाख २०८१, शनिबार

एक थान मेरो देश खोज्दै छु म


शोभा काफ्ले खतिवडा
एक थान मात्र छ यो मेरो प्यारो देश;

यो हजार थान कहिल्यै पनि नहोस् !

मेची,काली अनि त्यो सगरमाथाको !

उच्च शिर कहिँ  र कहिल्यै नझुकोस् !!१!!

 

हरेक हिमालबाट यसै उभिएर हेर्दा !

तराईकोसम्म फाँट सँधै देखियोस् !!

देशका हरेक भूमिहरुमा पुगि टेक्दा,!

जगतको पुण्य भूमि यही देखियोस् !!२!!

 

अव मेची रुँदा पनि सड्गै नै रुझुन है !

माहाकाली भिरका हरेक आँखाहरु !!

प्यारो देश दुख्दा मुटु नै दुखुन सबैका ;

अनि  देश बन्दा हाँसुन हाम्रा  मनहरु !!३!!

 

योग्य अनि कर्मशिल सन्तानहरु हुन ;

रमझम बनुन देशका भिर र पाखाहरु!

सगरमाथा पनि अव त  पुगुन है घुम्दै ;

गाउनलाई तराईका मिठा भाकाहरु !!४!!

 

यो देश दुखोस् अव हरेक मनहरुलाई

मुटुभरी पनि मात्र देशनै पो पलाओस् !

सत्तादेखि घर,गाऊँ अनि हरेक टोलमा ;

एकताको भाव मात्र सर्वत्र नै जागोस !!५!!

 

देश रहँदा नै त रहन्छौ सँधै हामी पनि ;

यस्ता कुरा हामीले अव बुझ्नु नै पर्छ !

देशको शान र मान बढाउँदा खेरि पो;

हाम्रो मान पनि यो जगतमा नै बढ्छ !!६!!

 

के लानलाई पाइन्छ र मरेपछी पनि ?

मनको भाव असल बनाई राखौँ हामी

जनताको पिडा नबुझेर पो के गर्ने र?

मनको भाव जोगाएर मात्र राखौँ अनि !!७!!

 

बनुन विस्वासका हर महलहरु पनि !

चुलउन पुगि त्यो शिखरै भरी नै टन्न !!

पिडाले यहाँ नछटपटियुन है त कोही;

बालक,बृद्द युवा र वयस्कहरु नै सम्म !!७!!

 

कति थोक गर्छु भन्दा भन्दै हेर त यहाँ;

युगहरु कति कति व्यतित पो भै सके !

सत्कर्म र शुभ कर्म कति गर्छु भनेर पनि

कति आाषामा कैयौँ मनहरु मरि सके !!८!!

 

कसो नभेटिएला त यो हिमालमा !

मेरो मनको  एउटामात्र सुन्दर देश  !

कसो नपग्लिएलान त अव मनहरु?

बनाउनलाई यसको अतिअपूर्व भेष !!९!!

 

सत्ता र भत्ता अनि पद र यो प्रतिष्ठा!

यसैको लिप्सामा नअल्झिउँ है अव

यो देश हाम्रो शिरको पो मणि झैँहो

देशको मान,सम्मान,इज्जत हो तव !!१०!!

 

एक पटक चिनिनु पर्छ है अव सबैले !

असल नेपाली हौँ यो देशका सबै भनि

मुटु भरी देश र जनता नै मात्र त छन् !!

भनेर चिनियोस यो देश र सत्ता पनि !!११!!

 

गर्छु भन्दा त केहि नै गर्न सकिदैन नि !

गरिहाले पोत यो देशै हाम्रो बन्छ नि !

हातमा छ डाडु पन्यु विकास पस्क न !

उर्जामा तिम्रा विवेक लगानी गर अनि  देश समृद्द सुन्दर बनाऊ  !!१२!!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

इच्छा छ यस्तो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !