१९ बैशाख २०८१, बुधबार

इच्छा छ यस्तो 


शोभा काफ्ले खतिवडा

“इच्छा यस्तो” म अव मेरो हरेक सिर्जनामा नै; मेरै देशलाई मात्र सजाऊँ कि ?

माला यो देशलाई म त विकास र समुन्नतिको मात्र पहिर्याऊँ कि ?१

 

समृद्दिका अनेकौँ थरी गहनाहरु पनि  देशलाई मात्र पहिर्याई !

सूर्यको उज्यालो ज्योतिले म यो; देशको मुहार नै हँसाऊँ कि ?२

 

ताराको खेती हरेक घर माथी; राखौन जोगाई सद्दभावले !!

चन्द्रको मायाँको शितलता पारी; शोभा बढाऔँ मुटुझै देशको !!

 

शरिर मेरो देशको निला सुन्दर नदिहरुले जगमग पारी सजाऊँ !

उर्जा शक्तिलाई यो देशको  धन सम्पति नै अपार हामी बनाऊँ ?३

 

मेरो यो देशमा बुद्दको झैँ शान्ति; सँधै अव ओछ्याई !

यो मुटुभरी सत्यम्, शिवम्, सुन्दरम् को भाव सुन्दर जगाई !!४

 

यो मुटु माझ अनि दिलको मझेरी माझमा मन रोप्दै !

हरपल नेपाली भाका हालेर गीत गाऊँ साँझ बिहानी भन्दैा !!५

 

हरेक पर्यटकहरुको गन्तब्य मेरो यो देशलाई नै  अव बनाउने !

यिनै सपनालाई साकार पार्ने; शुसेली हालौँ देश सजाउने !!६

 

जन्मिएको यो प्यारो देशलाई पनि; सन्तानलाई झैँ मायाँ गरी हेरौँ न !

अनि हामी आफै बुझौँ कस्तो हुन्छ  हाम्रो देश सुन्दर हेरौ न !!७

 

यसरी तिमी मन ,मुटु र वचन अनि असल आफ्ना कर्महरुले !

सत्कर्म पोख आफु हुर्किएको पनको तिम्रो मात्र  धर्मले !!८

 

देशको शान, मान जोगाउने भाग्य; पाउने भाग्यमानी बनौन् !

यो देशलाई विश्वको कुवेर साम्राज्य; बनाउने मानिस हामी बनौन !! ९

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

मुटुमा यस्तो छ देश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !