२६ बैशाख २०८१, बुधबार

निष्ठूरी माया


कविता
Dhatamani Pokharel
धातामणि पोखरेल

हिजो आज मेरो माया बिरानो पो भयो कि त ?

मिठास थियो प्रेमालापमा त्यो नि तितो भयो कि त ?

अत्तर झैं सुगन्धको मदहोसी हेराई पनि,

कता कता तर्कि हेर्ने छड्के नजर भयो कि त ?

 

मिठा पल नि भारी वर्षा झरीले पो रुझ्यो कि त ?

बाचा, कसम बाढी, पहिरो, भेलमा पो फस्यो कि त ?

मायालाई छुट्टयाएको अनमोल कालखण्ड,

धमिराले गुण लाउने धनको थुप्रो भयो कि त ?

 

साटफेर हुन्थ्यो मनका भाव बितृष्णाले रुक्यो कि त ?

प्रेमको दियो धिपधिप भयो बर्तन कतै घट्यो कि त ?

जीवन यात्रा अटल बिश्वास संगै हिंडने साथहरु,

हिंडदा हिंडदै दोबाटोमा कता जाउं भै भुल्यो कि त ?

*धातामणि पोखरेल साहित्यकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

माया


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !