१४ बैशाख २०८१, शुक्रबार

माया


Maya
Dhatamani Pokharel
धातामणि पोखरेल

न त माया जोख्न लाई तराजुमा मिल्छ हजुर,

न त तोला सुन भन्दै बेच्न लाई मिल्छ हजुर,

माया त हो दुई आत्माको भावना र अनुभूति,

जस्तै गरे  पनि मेटन  सकिँदैन  मेरो हजुर,

 

न त माया बेच्न मिल्छ न त साटनै मिल्छ हजुर,

न त डमी बनाएर राख्नलाई नै मिल्छ हजुर,

माया त हो तिम्रो मेरो बांच्ने यौटै त्यो सहारा,

जस्तै भए पनि छुट्टै बस्न गारो हुन्छ  हजुर,

 

न त माया सुनको बाला न त माया पाउजु हजुर,

न  त मिल्छ मायालाई बनाउन औँठी हजुर,

माया त हो एक अर्काको बांच्ने आधार मुलमन्त्र,

जस्तै भएपनि माया ढुकढुकी हो मेरो हजुर

*धातामणि पोखरेल साहित्यकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

मोदीमय राष्ट्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !