२४ बैशाख २०८१, सोमबार

मोदीमय राष्ट्र


ModiDhatamani
Dhatamani Pokharel
धातामणि पोखरेल

राष्ट्र भयो मोदीमय चर्चा भयो उही कुरो,

यो र त्यो मा अल्मलियौं भेटिनौं है गांठी कुरो,

बिगत कै त्यो नाकाबन्दी त्यसैलाई गिजोलेर,

फेरि पनि नगरौं है बिग्रहको त्यही कुरो ।

 

भूल  कस्को हुंदैन खै दम्भ हुंदा सबै सुरो,

पश्चात्तापले मान्छे बन्छ बुझ्छ पछी सबै कुरो,

मित्रता र सदभावको फेरो फेरी  समाएर,

जो जो आउंछन् सबै हाम्रा पाहुना हुन् बुझौं कुरो ।

 

दुर्छे स्वभाव कतैभए त्यागौं आफ्नो सिङ जुरो,

संधै मिलौं संधै जुटौं मिलाउं हाम्रो मनको कुरो,

स्वतन्त्रता,राष्ट्रियता मुल मन्त्र बनाएर,

मोदीलाई नधिक्कारौं छिमेकी हुन् बुझौं कुरो ।

*धातामणि पोखरेल साहित्यकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

के ले बनायो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !