४ जेष्ठ २०८१, शुक्रबार

के ले बनायो?


Dhatamani
Dhatamani Pokharel
धातामणि पोखरेल

शान्ति थियो छटपटी खै के ले गरायो,

हांसो थियो आज के ले निरास बनायो,

धेरै कुरा खेलाएर अनेक भारी बोके पछी,

बिसौनीमा कुन भारी लाई बिसाउं बनायो,

 

आनन्दले फेर्ने प्रश्वास सकस बनायो,

मस्त निन्द्रा हिजो आज कता हरायो,

योकि त्योहो यौटा रोज्न दोधारे मन भएपछी,

कोल्टे फेर्दै रात काटने हाल बनायो,

 

थिएन रोग खै के ले हो दु:ख्ने बनायो,

संधै भरी घोच्ने पोल्ने तनाब  बनायो,

बिश्वास लुकाई संधै शंका मन्त्र जप्न थालेपछी,

टेको लगाई  भरथेग गर्ने जीवन बनायो,

*धातामणि पोखरेल साहित्यकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

सकेनौं


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !