१५ बैशाख २०८१, शनिबार

कविता – म हैन अव हामी भनौ, मिलेर यो देश बनाऊँ


शिरमा सौम्य हिमालको जलपले सजाऊँ
अब मुलुकलाई !!
मनमा भव्य नेपालको टलकले जोगाऊँ
देशको मुकुटलाई !!
आपसी मतभेद त्यागेर हर मनको बोलाऊँ
है अब मित्रतालाई !!
माटोको महिमा बुझेर हरेक मनले जोगाऊँ
हामी यो भूमिलाई !!
खै के को झगडा ?के लाने मरेर कस्लाई
दिने हो र कति कति ?
जीवित दु:खी जनको बुझेर मनले जोगाऊँ
अब तिनको खुशी !!
सिमाको छ कुरा विकास यो देशको गर्नु
छ पुरा कति !
सत्ताको झैझगडा देखेर नै मृत्तिका रोएकी
छन है अति !!
कस्को नाम लेखेर यि धरणीलाई पेवा
नै बनाउने हो र ?
या विक्री गर्ने हो माटो भूमिको लडाई
झगडा यति किन ?
दम्भको कुन खेती लाउन यति विबस
बनेका हुन हरेक जन !!
आफ्नै मात्र जतन गर्नलाई पो यसरी
उफ्रेका हुन खै किन ??
जीवनको महिमा बुझ्नलाई पहिला पढौँ है वेदका हर ऋचा !
माटोको गरिमा बुझ्नलाई पहिले चुमौ है
कर्णालीलाई
गौरवका हर गाथा पढौ है पहिले ति शहिद
र सारा वीरको !!
देशका खातिर सिमामा ज्यान दिने सेना
र सबै नेपालीको !!

शुभा

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !