२० बैशाख २०८१, बिहिबार

ब्यवस्था फेरियो ”शाशनको विधि” फेरिएन


रामचन्द्र तिम्सिना

एकपछि अर्का क्रान्ति भईरहे
क्रान्तिकारी जन्मिरहे
रगत बगिरहे
लाश ढलिरहे
ब्यवस्था फेरिरहे
साशनको “विधि” फेरिएन ।

हाकिम फेरिए
कर्मचारी फेरिए
चप्रासी फेरिए
अफिस, कुर्सी र कार्पेट फेरिए
कर्मचारी”तन्त्र” फेरिएन ।

प्रधानमन्त्री फेरिए
मन्त्री फेरिए
आवस्यकता अनुसार मन्त्रानि फेरिए
“मन्त्रना” फेरिएन ।

प्रधानन्यायाधीस फेरिए
न्यायाधीश फेरिए
वकिल फेरिए
नयाँ नयाँ कानुन फेरिए
न्यायको “शैली” फेरिएन ।

कृषिमा उब्जनी फेरियो
लगानी फेरियो
नीति, नियम र पद्धति फेरियो
बिचौलियाको “दादागिरी” फेरिएन ।

टिभी फेरियो
रेडियो फेरियो
मोबाईल फेरियो
इन्टरनेटको पहुँचले आधुनिकता फेरियो
ब्यक्तिको “सोच” फेरिएन ।

बर्ष फेरियो
महिना फेरियो
दिन गते र बार फेरियो
सामजिक “भेदभाव” फेरिएन ।

गाउँ फेरियो
टोल फेरियो
घर फेरियो
बाटो फेरियो
रहनसहन र खानपान फेरियो
वर्गीय “असमानता” फेरिएन ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !