१९ बैशाख २०८३, शनिबार

आराम


arun devkota

लामो प्रतिक्षापछि
लामै अन्तरालपछि
उकुसमुकुस
बेचौनीपछि
दुई दिनको
चिसो सहेर
गर्दैछन् आराम
यहाँका घर
आजको दिनमा

जसै गर्छिन् आराम
नौ महिनाको
उकुसमुकुसपछि
एउटी आम़ा
ढल्दै तेल
नवजात शिशुको ढाडमा
आफ्नो पनि देखाएर
ढाड घाममा
माघ महिनामा
गुन्द्रीमा
पिंढीमा |
(लेखन मिती:२०६३/०८/२७/)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !