२० श्रावण २०८३, बुधबार

पहिराले नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा अवरुद्ध


नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरुआत गरिएको जानकारी दिए । यसका लागि डिभिजन सडक कार्यालयसँग समन्वय गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !