१७ चैत्र २०८२, मंगलबार

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहल जलमग्न


मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहल जलमग्न

काठमाडौं । काठमाडौंको बबरमहल जलमग्न भएको छ । मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि अहिले बबरमहल जलमग्न भएको हो ।

पाइप फुटेर पानी बगेपछि बबरमहल वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् । यसैवीच बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवन जलमग्न बनेका हुन् ।

बबरमहलको काठमाडौं जिल्ला अदालत अगाडि मुख्य सडकमा रहेको मेलम्ची खानेपानीको पाइप फुटेपछि सो स्थानबाट बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो ।

वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा पनि बाढी पसेको छ । पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबेका छन् भने त्यहाँ अवतजावतमा पनि समस्या भएको छ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !