७ बैशाख २०८१, शुक्रबार

चितवनको सुन्दर पर्यटकीय गन्तव्य बीस हजारी ताल


बीस हजारी ताल

पृष्ठभूमि : वि.स. २०२२ सालमा पुर्वी चितवनबाट ल्याइएको नहरको कारण निर्माण भएको यस ताल बिरुवामा पानी राख्ने हजारीबाट विकसित भई बीस हजारी ताल भनी नामाकरण गरिएको हो । अर्कोतिर खगेरी नहरको मुहानबाट बिसहजारी तालसम्मको दुरी २० हजार फिट रहेको हुँदा पनि यसलाई बीस हजारी ताल भनिएको भन्ने भनी रहेको छ ।

परिचय

बीस हजारी ताल चितवन जिल्लाको भरतपुर महानगरपालिकामा पर्छ । यस तालको कूल क्षेत्रफल ५ हजार ७८१ हेक्टर छ । चितवनको भरतपुरबाट करिब ६ किलोमिटर दूरीमा रहेको तालका छेउछाउका गैंडा, जरायो, चित्तल आदि जनावरका साथै १ सय २५ प्रकारका चराका साथै तालमा मगर गोही तथा २५र३० प्रकारका माछा पाइन्छन् । यो ताललाई सिमसार क्षेत्रमा राखिएको छ । रामसागर सूचीमा सूचीकृत नेपालका नौवटा यस्तै जल सम्पदाहरु मध्यको यो पनि एक हो । २०५२ सालदेखि परिचयमा आएको यो बीस हजारी ताल चितवनको कूल क्षेत्रफल ५ हजार ७८१ हेक्टर छ। यस तालको औसत गहिराई १३ फिट रहेको छ । टिकौली जङ्गलभित्र १७ हजारी ताल र २२ हजारी तालगरी अन्य साना साना थुप्रै तालहरु छन ।

नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा चितवन जिल्लाको बीस हजारी ताललाई पनि छनोट गरेको छ ।

प्राकृतिक सौन्दर्य

हरियाली वातावरण, अनेक ताल, जीवजन्तु बिशेषगरी भिभिन्न प्रकारका चराहरुले यहाको सौन्दर्य बढाएको छ ।

पर्यटन प्रर्वद्धन

यहाँ तालमा रहेका गोही, वरिपरीको सामुदायिक वन, गैँंडा, बाघ लगायत विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गिीले पर्यटकको मन तान्ने गर्दछ । यसैगरी अहिले ताल वरीपरी पर्यटक बस्नको लागि बेन्चको व्यवस्था गरिएको छ । पर्यटकको सुविधाको लागि शौचालय, खानेपानी पनि व्यवस्था गरिएको छ । त्यस्तै ताल तथा बिभिन्न जंगली जनाबर र चराचुरुङ्गीहरु हेर्नको लागि भ्यू टावरको व्यवस्था छ ।

पर्यटकीय सम्भावना

सम्बन्धित पक्षबाट तालमा भएको जलकुम्भी तथा काडेंझार हटाइ संरक्षण गर्न सके नाइट सफारी केन्द्रको रुपमा विकास गर्न सकिन्छ । बरण्डाभार मध्यवर्ती सामुदायिक वनको मातहतमा पर्यटकको प्रचुर संभावना बोकेको यस ताललाई संरक्षण गर्ने हो भने बर्सेनी हजारौँको संख्यामा पर्यटक भित्र्याउन सकिने देखिन्छ । नहरको पानीको कारण कृत्रिम रुपमा बनेको यो ताल अहिले विश्वभरका चरा अवलोकनकर्ताहरुको लागि लोकप्रिय गन्तव्य बन्न पुगेको छ ।

जैविक विविधता

बिस हजारी ताल विश्व रामसार सुचिमा सुचिकृत भएको प्रख्यात पर्यटकिय गन्तव्य स्थल हो । ताल विभिन्न राष्ट्रबाट बसाइ सराई गरी आउने मौसमी चराहरुको आश्रय स्थल यस तालमा गोहि, माछा, अंजिङ्गर पाइन्छ । तालसम्म पुग्ने जङ्गलको बाटोमा दायाँबायाँ मृग, बँदेल, गैडा, जरायो जनावरका पाइन्छन् । जङ्गली जनावरका साथै बिभिन्न प्रजातिका चराचुरुङ्गी ताल वरपर देख्न सकिन्छ । ताल वरपर २६ प्रजातीका वन्जयन्तु, २७३ प्रजातीका चरा, २५ प्रजातीका माछा र १३१ प्रजातीका बोटबिरुवा रहेको तथ्यांक छ ।

समस्याहरु

यहाँका धेरैजसो तालमा अहिले मिचाहा प्रजातिका झारले कुरुप बनाउने तथा तालको पानी सुक्ने खालका चुनौति भएतापनि अहिलेदेखि यस्ता झारहरु सफा गरेर तालको पानीलाई कञ्चन बनाइएको छ ।

कसरी पुग्ने ?

चितवनको भरतपुरबाट करिब ६ किलोमिटर पूर्व मोटर वाटो हुँदै त्यहा पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्  

मकवानपुरमा रहेको पृथ्वीनारायण शाहको ससुराली घर मकवानपुरगढी

धादिङको सुन्दर पर्यटकीय गन्तव्य रानी झरना क्यानोनिङ

धादिङको सुन्दर पर्यटकीय गन्तव्य रुवी भ्याली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !