७ बैशाख २०८१, शुक्रबार

धादिङको सुन्दर पर्यटकीय गन्तव्य रानी झरना क्यानोनिङ


पृष्ठभूमि : धादिङको रानी झरना क्यानोनिङ एकान्त र शान्त वातावरण चाहने जो कोहीलाई आकर्षणको केन्द्र बनेको छ । क्यानोनिङ नेपालमा हाल व्यावसायिक रूपमा विकसित हुँदै गएको साहसिक खेल हो । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिदै हाम्फाल्दै चिप्लिदै झरना र खोलाका छाँगाबाट खस्दै खेलिने साहसिक खेल क्यान्योनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित हुँदँछ ।

परिचय

धादिङ जिल्लाको थाक्रे गाउँपालिका–६ मा अवस्थित रानी झरनामा एकै स्थानमा फरक फरक शैलीको सुन्दर छाँगा छ । हिउँदयाममा समेत पर्याप्त पानी हुने पहिलो झरना २५ मिटर उचाईमा छ । क्यानोनिङका लागि अति उपयोगी उक्त पहिलो झरनासँगै नौ मिटरको अर्को झरना छ । दोस्रो झरनाको फेदमा पौडी खेल्न मिल्ने दहसमेत छ । तेस्रो झरना एकान्त र आनन्दमयी झरना हो । यहाँ जम्पिङ, स्विमिङ, क्यानोनिङको मनोरन्जन लिन सकिन्छ ।

नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा धादिङ जिल्लाको रानी झरना क्यानोनिङलाई पनि छनोट गरेको छ ।

प्राकृतिक सौन्दर्य

सुन्दर झरना, हरियाली रुख बिरुवा र यहाको गाउले परिवेशको सुन्दरताले मनै लोभ्याउछ । तीनवटा झरनाले साहसिक खेल प्रेमीहरूलाई मात्र नभएर एकान्त र शान्त वातावरणमा रमाउनेहरूलाई पनि आकर्षित गर्छ ।

पर्यटकिय महत्व

यसवाट आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरी फाइदा लिन सकिन्छ ।

पर्यटकीय सम्भावना

सरकारले मुलुकभरिका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेकोमा यस स्थान पनि परेकोले पर्यटकीय सम्भावना बलियो रहेको छ ।

कसरी पुग्ने ?

रानी झरना काठमाडौंबाट ४० किलोमिटरको दूरीमा छ । यहाँ करीव १ घन्टाको मोटर यात्रावाट पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्  

धादिङको सुन्दर पर्यटकीय गन्तव्य रुवी भ्याली

रसुवा जिल्लाको ऐतिहासिक पर्यटकीय गन्तव्य रसुवागढी

नुवाकोटको धार्मिक पर्यटकीय स्थल दुप्चेश्वर महादेव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !