११ बैशाख २०८१, मंगलबार

सरकारले छानेका १०० नयाँ पर्यटकीय गन्तब्यहरु


तिम्बुङ पोखरी

१५ कात्तिक, काठमाडौं । नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । सरकारले ओझेलमा परेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रर्वद्धन गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएका हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६०० भन्दा बढी स्थानहरु प्रस्तावित मध्ये कुन गन्तब्यलाई १०० वटा भित्र समेटेर प्रर्वद्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो ।

मन्त्रालयका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् । सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ ।

सन् २०२० सम्ममा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भिजिट नेपाल २०२० मनाउने घोषणा गरेको सरकारले नयाँ गन्तव्य प्रवद्र्धन गरी पर्यटनमा बहुआयामिक विकासको लक्ष्य लिएको छ ।

यी पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुआत गर्नेछ । नयाँ गन्तब्य प्रवर्द्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो । पुरातात्विक सम्पदा, ठूला तालतलैया वा पोखरी, सम्भावित भएपनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवा सुविधाको अभावले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई नयाँ पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी छनोट गरिएको हो ।

यी हुन् १०० नयाँ पर्यटकीय गन्तब्यहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !